Pirati Basyo (From "Janma Janma")

ओ, हो
ओ, हो

पिरती बस्यो
पिरती बस्यो सुस्तरी-सुस्तरी मनमा
बैँसले हो कि छोएको मेरो यो तनमा?
हेर्दामा पनि शरमै लग्ने
हेर्दामा पनि शरमै लग्ने
के भयो मलाई?
लौन, के भयो मलाई?
पिरती बस्यो

ती पाखा-भीर मायाको साक्षी
आँखाको पीर यो मुटुमाथि
हो, ती पाखा-भीर मायाको साक्षी
आँखाको पीर यो मुटुमाथि

किन हो किन काउकुती लग्ने
किन हो किन काउकुती लग्ने
के भो मलाई?
कुन्नि के भो मलाई
पिरती बस्यो

यो मनको सपना भावीले कोरेछ
बारबार दैवले मिलन जुराएछ
हो, यो मनको सपना भावीले कोरेछ
बारबार दैवले मिलन जुराएछ

बिछोडमा तिम्रो यादले सताउने
बिछोडमा तिम्रो यादले सताउने
के भयो मलाई?
भन, के भयो मलाई
पिरती बस्यो

पिरती बस्यो सुस्तरी-सुस्तरी मनमा
बैँसले हो कि छोएको मेरो यो तनमा?
हेर्दामा पनि शरमै लग्ने
हेर्दामा पनि शरमै लग्ने
के भयो मलाई?
लौन, के भयो मलाई?

कुन्नि के भो मलाई
लौन, के भयो मलाई?
के भयो मलाई?



Credits
Writer(s): Late Dipendra Bir Bikram Shah (sarkar)
Lyrics powered by www.musixmatch.com

Link