Paani

पानी हो म
कुनै रूप छैन मेरो
बग्न सक्दैनौ ढुङ्गा भएर म संग

मेरो बाटो बनाउछु आफैँ छैन कुनै
सत्य जहाँ खाँचो त्यहिँ छ मेरो

त्यसैले डुब म भित्र, बुझ्नेछौ आफुलाई
हेर मलाई, देख्छौ कि आफ्नै छवि?
डुब म भित्र, बुझ्नेछौ आफुलाई
हेर मलाई, देख्छौ कि आफ्नै छवि?

आउ नडराउ, डुब म भित्र तिमी
आउ नडराउ, डुब म भित्र तिमी

पानी हो म
कुनै रूप छैन मेरो
जस्तो तिमी त्यस्तै भईदिन्छु म

ओईलिएको फुलमा छरीदै जान्छु म सधैं
ब्युझाउन सक्छु तिमीलाई अझै

त्यसैले डुब म भित्र, बुझ्नेछौ आफुलाई
हेर मलाई, देख्छौ कि आफ्नै छवि?
डुब म भित्र, बुझ्नेछौ आफुलाई
हेर मलाई, देख्छौ कि आफ्नै छवि?

आउ नडराउ, डुब म भित्र तिमी
आउ नडराउ, डुब म भित्र तिमी

पानी हो म
कुनै रूप छैन मेरो
बग्न सक्दैनौ ढुङ्गा भएर म संग
पानी हो म
कुनै रूप छैन मेरो
जस्तो तिमी त्यस्तै भईदिन्छु म

त्यसैले डुब म भित्र, बुझ्नेछौ आफुलाई
हेर मलाई, देख्छौ कि आफ्नै छवि?
डुब म भित्र, बुझ्नेछौ आफुलाई
हेर मलाई, देख्छौ कि आफ्नै छवि?

आउ नडराउ, डुब म भित्र तिमी
आउ नडराउ, डुब म भित्र तिमी
आउ नडराउ, डुब म भित्र तिमी
आउ नडराउ, डुब म भित्र तिमी



Credits
Writer(s): Sambat Adhikari
Lyrics powered by www.musixmatch.com

Link