Najeekidai

यो रातको समयमा तिमी र म
मन्द-मन्द वेगमा चाली पाइलाहरू
प्रश्न हजारौँ केलाउँदै मनभरि
हिँडिरहेको तिमी र म

वातावरण सुनसान छ
ओठहरू चुपचाप छन्
यो रातको दोष नै पो हो कि?
नजिकिदिएछ हाम्रो मन

यो रातको त के भरोसा?
बिहानी आउँछ एक छिनमा
रोकिदिएर वेग समयको
भुलिदिऊँ यो पलमा एक छिन
भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन

एक कदम तिमी चालेर हेर
अर्को कदम मेरै हुन्छ
ओठले नसके पोख्न भावना
आँखैले भन्देऊ न के छ

बयान गरूँ म कसोरी?
मनभरि आज मेरो जे छ
गाजलु आँखा झनै लजालु
देखाऊँ कसरी यहाँ के छ?

यो रातको त के भरोसा?
बिहानी आउँछ एक छिनमा
रोकिदिएर वेग समयको
भुलिदिऊँ यो पलमा एक छिन
भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन

यो रातको त के भरोसा?
बिहानी आउँछ एक छिनमा
रोकिदिएर वेग समयको
भुलिदिऊँ यो पलमा एक छिन
भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन

भुलिदिऊँ एक छिन, भुलिदिऊँ एक छिन



Credits
Writer(s): Suman Thapa
Lyrics powered by www.musixmatch.com

Link