Bhana Saila

"टन्न पैसा कमाउँला" भन्थ्यौ
हो, "टन्न पैसा कमाउँला" भन्थ्यौ, "सुखैसुखमा रमाउँला" भन्थ्यौ
उमेरले ४० काटिसक्यो, कपाल फुल्न आँटिसक्यो
न त सुको पैसो हातमा न त तिमी नै छौ साथमा
न त सुको पैसो हातमा न त तिमी नै छौ साथमा
भन, साइँला
अब कहिले कमाउने हो? अब कहिले रमाउने हो?
अब कहिले कमाउने हो? अब कहिले रमाउने हो?

म यहाँ पल-पल मरिराको छु, सक्ने जति त गरिराको छु
घरको यादले पागल हुन्छु, एकान्तमा म कति रुन्छु
घर बनाउँदाको बाँकी छ रिन, तिमीले कुरा बुझ्दिनौ किन?

मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले
हो, मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले
कमाएकै छन्, रमाएकै छन् भन्दछन् देख्ने-सुन्नेहरूले

मेरो खुसी त तिमी हौ, प्यारा, अब अरू केही चाहिँदैन भयो
हो, मेरो खुसी त तिमी हौ, प्यारा, अब अरू केही चाहिँदैन भयो
एउटा पक्की घर बनाउदा तिम्रो परदेशमै सारा जिन्दगी गयो
हो, एउटा पक्की घर बनाउदा तिम्रो परदेशमै सारा जिन्दगी गयो

"टन्न पैसा कमाउँला" भन्थ्यौ

रातमा निन्द्रा, दिनमा भोक छैन, परदेशमै बस्ने रहर हैन
परदेशले उमेर लुट्यो सबै, सपना जति टुट्यो सबै
एक-दुई साल अझै नगर कर, रित्तो हात कसरी फर्कौँ म घर?

सबैले आँखा मैलाई नै तर्छन्, बा-आमा रातदिन कचकच गर्छन्
हो, सबैले आँखा मैलाई नै तर्छन्, बा-आमा रातदिन कचकच गर्छन्
जति कमाछौ, घरमै पठाछौ, "बुहारीले पैसा लुकाइछे" भन्छन्

कति सहनु वचन मैले? कति सहनु यो अपमान?
हो, कति सहनु वचन मैले? कति सहनु यो अपमान?
अब त छिट्टै फर्की आऊ, प्यारा, गाह्रो भो मलाई घर गरी खान
हो, अब त छिट्टै फर्की आऊ, प्यारा, गाह्रो भो मलाई घर गरी खान

"टन्न पैसा कामाउँला" भन्थ्यौ



Credits
Writer(s): Ramesh Raj Bhattarai
Lyrics powered by www.musixmatch.com

Link