Bhana Saila - Male Version

टन्न पैसा कमाउन मन थ्यो
हो, टन्न पैसा कमाउन मन थ्यो, सुखैसुखमा रमाउन मन थ्यो
उमेरले ४० काटिसक्यो, कपाल फुल्न आँटिसक्यो
न त सुको पैसो हातमा न त कोही आफन्त साथमा
न त सुको पैसो हातमा न त तिमी नै छौ साथमा
नरोऊ, साइँली
अब क्यारी कमाउँला, खै? जे छ त्यसमै रमाउँला है
अब क्यारी कमाउँला, खै? जे छ त्यसमै रमाउँला है

म यहाँ पल-पल मरिराको छु, सक्ने जति त गरिराको छु
घरको यादले पागल हुन्छु, एकान्तमा म कति रुन्छु
घर बनाउँदाको बाँकी छ रिन, तिमीले कुरा बुझ्दिनौ किन?

मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले
हो, मनको बह पोख्ने ठाउँ छैन, बाहिरी हाँसो देख्छन् अरूले
कमाएकै छन्, रमाएकै छन् भन्दछन् देख्ने-सुन्नेहरूले

मेरो खुसी त तिमी हौ, सानु, अब अरू केही चाहिँदैन भयो
हो, मेरो खुसी त तिमी हौ, सानु, अब अरू केही चाहिँदैन भयो
एउटा पक्की घर बनाउँदा मेरो परदेशमै सारा जिन्दगी गयो
हो, एउटा पक्की घर बनाउँदा मेरो परदेशमै सारा जिन्दगी गयो

टन्न पैसा कमाउन मन थ्यो

रातमा निन्द्रा, दिनमा भोक छैन, परदेशमै बस्ने रहर हैन
परदेशले उमेर लुट्यो सबै, सपना जति टुट्यो सबै
केही समय प्रतीक्षा गर, सधैँका लागि आउँदै छु घर

बुढेसकालको सहारा भन्थ्यौ, बुढेसकालमै म साथमा भइन
हो, बुढेसकालको सहारा भन्थ्यौ, बुढेसकालमै म साथमा भइन
माफ गर्नू, बाबा, माफ गर्नू, आमा, बाध्यताले हो, रहरले हैन

फोनमा बोल्दा नि भक्कानो फुट्छ, आँसु छल्किन्छ दुई आँखाभरि
हो, फोनमा बोल्दा नि भक्कानो फुट्छ, आँसु छल्किन्छ दुई आँखाभरि
आफ्नै बाउसँग भेट्न नपाउने, अभागी मेरा छोरा र छोरी
हो, आफ्नै बाउसँग भेट्न नपाउने, अभागी मेरा छोरा र छोरी

टन्न पैसा कमाउन मन थ्यो



Credits
Writer(s): Ramesh Raj Bhattarai
Lyrics powered by www.musixmatch.com

Link