Pratikshya Ma Juni Juni

प्रतीक्षामा जुनी-जुनी बिताउन कहाँ सक्छु र?
नआउने नै हो भने
नआउने नै हो भने सम्झीसम्झी मर्न सक्छु
सम्झीसम्झी मर्न सक्छु
प्रतीक्षामा...

प्रणयको मिलन मीठो, यस्तो क्षण अर्को छैन
प्रणयको मिलन मीठो, यस्तो क्षण अर्को छैन
सधैँभरि कुरिबस्ने धैर्यता मेरो अब छैन
मेरो अब छैन

प्रतीक्षामा...

वसन्तका पालुवा भई यतिन्जेल पर्खिबसेँ
वसन्तका पालुवा भई यतिन्जेल पर्खिबसेँ
प्यास मेट्न पानी हैन, आँखाबाट आँसु खसे
आँसु खसे

प्रतीक्षामा जुनी-जुनी बिताउन कहाँ सक्छु र?
नआउने नै हो भने
नआउने नै हो भने सम्झीसम्झी मर्न सक्छु
सम्झीसम्झी मर्न सक्छु
प्रतीक्षामा...



Credits
Lyrics powered by www.musixmatch.com

Link