CHHAL CHHAL

(लैजाऊ है, लैजाऊ माया)
(लैजाऊ है, लैजाऊ माया)

लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जत्ति पाइन्छ

भरिएन यो मनको छेउ, सानु
अलि माया थपेर देऊ, सानु
(लैजाऊ है, लैजाऊ माया)
ओ, भरिएन यो मनको छेउ, सानु
अलि माया थपेर देऊ, सानु
रुमाल दियौ, सिन्दूर देऊ, चुरा देऊ
आधा माया के दिन्छौ? पूरा देऊ

छलछल-छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेको सानुले? मलाई माया पुग्दैन यतिले
हाँ, छलछल-छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेकी सानुले? मलाई माया पुग्दैन यतिले
खै त कुरा बुझेकी (बुझेको) सानुले? मलाई माया पुग्दैन यतिले

लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जत्ति पाइन्छ

बुझ्देऊ एउटा रहर मनभरिको
एउटै गुँडमा बस्ने मन चरीको
(लैजाऊ है, लैजाऊ माया)
Hm, बुझ्देऊ एउटा रहर मनभरिको
एउटै गुँडमा बस्ने मन चरीको
म छैन र? के लिन्छौ डर, सानु?
दिउँला दिलमा मायाको घर, सानु

छलछल-छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेकी सानुले? मलाई माया पुग्दैन यतिले
छलछल-छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेको सानुले? मलाई माया पुग्दैन यतिले
खै त कुरा बुझेकी सानुले? मलाई माया पुग्दैन यतिले

लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जत्ति पाइन्छ

नगरे त नदीले जाँगर
थोपाले कहाँ भरिन्छ सागर?
(लैजाऊ है, लैजाऊ माया)
हाँ, नगरे त नदीले जाँगर
थोपाले कहाँ भरिन्छ सागर?
आँट गर्दैनौ, भन्छौ, "भोलि, भोलि"
तिमी तिर्खा, हैन र म खोली?

छलछल-छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेको सानुले? मलाई माया पुग्दैन यतिले
हाँ, छलछल-छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेकी सानुले? मलाई माया पुग्दैन यतिले
खै त कुरा बुझेकी (बुझेको) सानुले? मलाई माया पुग्दैन यतिले

लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जत्ति पाइन्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link