Yesai Ghar Ko Aangana Ma

येसै घरको आँगनमा
आयउँ हामी देउसी खेल्न
देउसेहरुले दिएको आशिष
दुबो जस्तै मौलाइ रहुन्
ढुङ्गा छुये सोना
माटो छुये अन्न
ढुङ्गा छुये सोना
माटो छुये अन्न
येसै घरमा लक्ष्मीले पारि रहोस् टन्न
येसै घरमा लक्ष्मीले पारि रहोस् टन्न
येसै घरको आँगनमा
आयउँ हामी देउसी खेल्न
देउसेहरुले दिएको आशिष
दुबो जस्तै मौलाइ रहुन्।
ए झिलिमिलि देउसिरे
ए केको झिलिमिलि देउसिरे
ए बत्तीको झिलिमिलि देउसिरे
ए फूलको झिलिमिलि देउसिरे
ए केराको थम्बा देउसिरे
ए हामी सबै जम्मा देउसिरे
ए वर्षहै दिनको देउसिरे
ए चाड जनाउन देउसिरे
ए रात्तो माटो देउसिरे
ए चिप्लै बाटो देउसिरे
ए लडदै पडदै देउसिरे
ए हजुरको घरमा देउसिरे
ए चाड जनाउन देउसिरे
ए देउसिरे खेल्न देउसिरे
ए आपुगयौं हामी देउसिरे
ए आपुगयौं हामी देउसिरे
येसै घरको आँगनमा
आयउँ हामी देउसी खेल्न
देउसेहरुले दिएको आशिष
दुबो जस्तै मउलाइ रहुन्
ढुङ्गा छुये सोना
माटो छुये अन्न
ढुङ्गा छुये सोना
माटो छुये अन्न
येसै घरमा लक्ष्मीले पारि रहोस् टन्न
येसै घरमा लक्ष्मीले पारि रहोस् टन्न
येसै घरको अँगनमा
आयउँ हामी देउसी खेल्न
देउसेहरुले दिएको आशिष
दुबो जस्तै मौलाइ रहुन्।
दुबो जस्तै मौलाइ रहुन्।
दुबो जस्तै मौलाइ रहुन्।



Credits
Writer(s): Nehal Lamichhane
Lyrics powered by www.musixmatch.com

Link