Dada Pari Ko

ए हजुर, फर्की आउनू है
ए हजुर, नबिर्सनू है

डाँडापारिको त्यो गाउँमा मेरी मायालु बस्दछिन्
डाँडापारिको त्यो गाउँमा मेरी मायालु बस्दछिन्
कहिले उनी हाँस्दिहुन्, कहिले उनी रुँदिहुन्
कहिले उनी हाँस्दिहुन्, कहिले उनी रुँदिहुन्
ए, हे-हे-हे, ए मेरी मायालु, मेरी प्रियसी
ओ, हो-हो-हो, ओ मेरी मायालु, मेरी प्रियसी

उकाली र ओराली गर्दै भेडेटारको बसमा, लै-लै
उनको एक्लो जीवनमा मेरै लाग्छ रे आशा नि, लै-लै
मेरै लाग्छ रे आशा नि, लै-लै

धरानको बजारमा उनलाई लिन म जानेछु
आमाबाबुले नदिएमा भगाई उनलाई ल्याउनेछु

ए हजुर, फर्की आउनू है
ए हजुर, नबिर्सनू है
ए हजुर, फर्की आउनू है
ए हजुर, नबिर्सनू है

यो जुनीमा आफूलाई भन्दा मलाई माया गर्छे रे, लै-लै
मैले फर्केर नगएमा जवानीमै मर्छे रे, लै-लै
जवानीमै मर्छे रे, लै-लै

मैले फर्की जानैपर्छ उनको आँसु पुछ्नलाई
परदेशीको माया सम्झी धुरुधुरु रुनेलाई

ए हजुर, फर्की आउनू है
ए हजुर, नबिर्सनू है
ए हजुर, फर्की आउनू है
ए हजुर, नबिर्सनू है
ए हजुर, फर्की आउनू है
ए हजुर, नबिर्सनू है



Credits
Lyrics powered by www.musixmatch.com

Link