Mero Aafno Bhannu, Pt. 1

मेरो आफ्नो भन्नु तिमी, मेरो सारा खुशी तिमी
हो, मेरो आफ्नो भन्नु तिमी, मेरो सारा खुशी तिमी
मलाई धेरै माया गर्ने, दुःख पर्दा साथ दिने
दुई मुटुको एउटै धड्कन, मेरो मनको मान्छे तिमी

तिम्रो साथबिना जीवन म सोच्न सक्दिन
मेरो साथबिना तिमी हाँस्न सक्दिनौ
सागरसरि चोखो माया फैलिरहोस् यसै गरी
तिमी मेरो, म तिम्रै हुँ, छुट्नेछैनौ जुनीभरि
छुट्नेछैनौ जुनीभरि

तिम्रो मनको ढुकढुकीमा सधैँभरि बस्न पाऊँ
तिम्रो मनको ढुकढुकीमा सधैँभरि बस्न पाऊँ
यो मनले सधैँ भन्छ, "तिम्रो खुशी देख्न पाऊँ"

पूर्णिमाको जून हौ तिमी, मेरो जिन्दगानी तिमी
म रुँदाखेरि तिम्ले मेरो आँसु पुछिदिने
मेरो मनमा छौ तिमी, मेरो संसार हौ तिमी

तिम्रो दिलको बगैँचामा सयौँ जुनी फुलिरहूँ
तिम्रो दिलको बगैँचामा सयौँ जुनी फुलिरहूँ
यति चोखो तिम्रो माया मनमुटुमा सजाइरहूँ

मेरो आफ्नो भन्नु तिमी, मेरो सारा खुशी तिमी
मलाई धेरै माया गर्ने, दुःख पर्दा साथ दिने
दुई मुटुको एउटै धड्कन, मेरो मनको मान्छे तिमी

तिम्रो साथबिना जीवन म सोच्न सक्दिन
मेरो साथबिना तिमी हाँस्न सक्दिनौ
सागरसरि चोखो माया फैलिरहोस् यसै गरी
तिमी मेरो, म तिम्रै हुँ, छुट्नेछैनौ जुनीभरि
छुट्नेछैनौ जुनीभरि



Credits
Lyrics powered by www.musixmatch.com

Link