Runa Dinna

सके हँसाउँछु, नसके तिमीलाई रुन दिन्न
मलाई रोजेकोमा पछुतो हुन दिन्न
सके हँसाउँछु, नसके तिमीलाई रुन दिन्न
मलाई रोजेकोमा पछुतो हुन दिन्न
मेरो भागमा दुःखैदुःख परे पनि
मेरो सिरमा आकाश नै झरे पनि
तिम्रो ओठको हाँसो कहिले पनि हराउन दिन्न
सके हँसाउँछु, नसके तिमीलाई रुन दिन्न
मलाई रोजेकोमा पछुतो हुन दिन्न

अब तिमीबाहेक अरू कोही सक्दैनन् मेरो आँखामा बस्न
हो, अब तिमीबाहेक अरू कोही सक्दैनन् मेरो आँखामा बस्न
कहिले पनि दिनेछैन तिम्रो आँसु खस्न

मेरो भागमा दुःखैदुःख परे पनि
मेरो शिरमा आकाश नै झरे पनि
तिम्रो ओठको हाँसो कहिले पनि हराउन दिन्न
सके हँसाउँछु, नसके तिमीलाई रुन दिन्न
मलाई रोजेकोमा पछुतो हुन दिन्न

म दुखाउँदिन तिमीलाई कहिल्यै, आफै दुख्छु बरु
म दुखाउँदिन तिमीलाई कहिल्यै, आफै दुख्छु बरु
हराए नि यी आँखाबाट सपनाका रङ्गहरू

मेरो भागमा दुःखैदुःख परे पनि
मेरो सिरमा आकाश नै झरे पनि
तिम्रो ओठको हाँसो कहिले पनि हराउन दिन्न
सके हँसाउँछु, नसके तिमीलाई रुन दिन्न
मलाई रोजेकोमा पछुतो हुन दिन्न



Credits
Lyrics powered by www.musixmatch.com

Link