Maya ho ki maya jastai

भन न मनमा के छ, सुनिरहन्छु म
शब्दमा जादु छ तिम्रो, भुलिरहन्छु म
छिनको छिनमै दिन बित्छ, किन थामिँदैन?

हो-ओ-ओ, ओ-ओ-ओ
यो ढुकढुकीले खोज्ने को हो?
माया हो कि माया जस्तो?
आँखाको भाषा नि के हो कस्तो?
नबोले नि सुनिने

हो-ओ-ओ, ओ-ओ-ओ
जून हौ तिमी कालो रातको
आगमन हौ तिमी वसन्तको
आशाको पहिलो दियो

साथ हो कहिल्यै नछुट्ने
मात हो कहिल्यै नपुग्ने
रातको आलाप हौ तिमी
आत्माले दिनदिनै गाउने

मेरो खाली रचनामा सङ्गीत भरिदियौ
रङ्गहरूले सजाइदियौ

हो-ओ-ओ, ओ-ओ-ओ
माया हो कि माया जस्तो?
पहिलो किरणझैँ घामको
हरेक अकडलाई पार्दै न्यानो
जगतलाई बिउँझाउने

हो-ओ-ओ, ओ-ओ-ओ
बिर्सूँ भन्दा नि याद आउँछ तिम्रो
हरेक मुस्कानमा मन मेरो
डुब्दैछ मायामा झन्-झन् गहिरो

माया हो कि माया जस्तै? (हो-ओ-ओ, ओ-ओ-ओ)
माया हो कि माया जस्तै? (हो-ओ-ओ, ओ-ओ-ओ)
माया हो कि माया जस्तै? (हो-ओ-ओ, ओ-ओ-ओ)
माया हो कि...?



Credits
Writer(s): Subani Moktan
Lyrics powered by www.musixmatch.com

Link