Maya

हर रातको अन्धेरीमा तिम्रै सपना
दिनको टलटले घाममा तिम्रै छायाँ
माया धेरै मनमा तिम्रै लागी
संसार भरीको खुशी पनि

कहिले बतास बनि आउछौ, कहिले हुरी बनि
कहिले घाम बनि, कहिले न्यानो शितल
तिम्रो माया यस्तो मनभरी
कहिले आगो बनि त कहिले पानी बनि
मेरि माया, के भनु?
मनका कुरा, सबै थाहै छ तिमीलाई!

न रिसाउ, अब आउ
मनको कुनामा हाँसीदेउ
रमाउ नाचिदेउ तिमि
फ़ेरि बसिदेउ मेरो मनको कुनामा

जब हुन्छ अँध्यारो
ज्योति बनि आउछौ तिमि
आँखा मेरो लजाउछन्
हेर्छौ जब तिमि मलाई
किताबको पानामा नि
हेर्छु म तिमीलाई हर घडी
चञ्चल नयन पनि तिम्रा
जिस्क्याउछन् मलाई जानी-जानी
"माया"



Credits
Writer(s): Sandeep Lamichhane
Lyrics powered by www.musixmatch.com

Link