Tame Dhukur

मनको फूल ओइलेर
झर्ला जस्तो छ
तिमी सितै जुहारी खेल्नु
पर्ला जस्तो छ
मनको फूल ओइलेर झर्ला जस्तो छ
तिमी सितै जुहारी खेल्नु पर्ला जस्तो छ

तामे ढुकुर
तिम्रै पछि लागेँ म त
अब लुखुर लुखुर
तिम्रै पछि लागेँ म त, अब लुखुर लुखुर

आफूलाई हेर ऐना मा
मिल्दैन दौतरी
मनमा माया नभई नभई
के गाउनु दोहोरी
आफूलाई हेर ऐना मा, मिल्दैन दौतरी
मनमा माया नभई नभई के गाउनु दोहोरी

तामे ढुकुर
मेरो पछि नलाग भो
तिमी लुखुर लुखुर
मेरो पछि नलाग भो, तिमी लुखुर लुखुर

केटी हेर्नु
कुलको भन्थे
पानी झरुवा मूलको
पानी झरुवा मूलको
बास्ना चल्यो तिमी छेऊ
पारिजात फुलको
बास्ना चल्यो तिमी छेऊ, पारिजात फुलको

मेरो माया तिमी तिरै
सर्ला जस्तो छ
तिमी सितै जुहारी खेल्नु पर्ला जस्तो छ

तामे ढुकुर
तिम्रै पछि लागेँ म त, अब लुखुर लुखुर
तिम्रै पछि लागेँ म त अब लुखुर लुखुर

जात र कुल
हेरिन्न है
माया प्रीति लाउन, माया प्रीति लाउन
दुइटै मुटु मिल्नुपर्छ
एक अर्कालाई पाउन
दुइटै मुटु मिल्नुपर्छ, एक अर्कालाई पाउन

यो ठिटोले केही न केही त
गर्ला जस्तो छ
यो मनमा प्रेमको बीउ
छर्ला जस्तो छ

तामे ढुकुर
मेरो पछि नलाग भो तिमी लुखुर लुखुर, मेरो पछि नलाग भो तिमी लुखुर लुखुर

परी सरी
रैछौ तिमी
कोयेलि झैँ भाका, कोयेली झैँ भाका
३२ लक्षण यही हो भन्थे
गाउँले बुढापाका
३२ लक्षण यही हो भन्थे गाउँले बुढापाका

मनको फूल तिम्रै हातमा
पर्ला जस्तो छ
तिमी सितै जुहारी खेल्नु पर्ला जस्तो छ

तामे ढुकुर, तिम्रै पछि लागेँ म त अब लुखुर लुखुर
तिम्रै पछि लागेँ म त अब लुखुर लुखुर

लक्का जवान रैछौ तिमी
मनको पनि धनी, मनको पनि धनी
मन्जुरी छ अब मेरो
आउँछु बेहुली बनी
मन्जुरी छ अब मेरो, आउँछु बेहुली बनी

जोवनको बसाई अब सर्ला जस्तो छ
तिमी सितै जुहारी खेल्नु पर्ला जस्तो छ

तामे ढुकुर, आए हुन्छ माग्न अब घरमा लुखुर लुखुर
आए हुन्छ माग्न अब घरमा लुखुर लुखुर

तिम्रै पछि लागेँ म त अब लुखुर लुखुर
आए हुन्छ माग्न अब घरमा लुखुर लुखुर
तिम्रै पछि लागेँ म त अब लुखुर लुखुर
आए हुन्छ माग्न अब घरमा लुखुर लुखुर



Credits
Lyrics powered by www.musixmatch.com

Link