Udne Rahar

उड्ने रहर त के भो र आकाश नै भुईँमा खसेपछि?
उड्ने रहर त के भो र आकाश नै भुईँमा खसेपछि?

उभिनै पनि गाह्रो हुन्छ
उभिनै पनि गाह्रो हुन्छ टेकेको भुईँ धसेपछि

उड्ने रहर त के भो र आकाश नै भुईँमा खसेपछि?

झरी बर्सेर के हुन्छ मुटु आफै नै जलेपछि?
ओ, झरी बर्सेर के हुन्छ मुटु आफै नै जलेपछि?

जीवन पनि जल्न सक्छ
जीवन पनि जल्न सक्छ भाग्यले साथै छलेपछि

उड्ने रहर त के भो र आकाश नै भुईँमा खसेपछि?

भूलमा हाँसेर के हुन्छ मन भित्रभित्रै रोएपछि?
ओ, भूलमा हाँसेर के हुन्छ मन भित्रभित्रै रोएपछि?

बाँच्नै पनि गाह्रो हुन्छ
बाँच्नै पनि गाह्रो हुन्छ काँडाले मुटु छोएपछि

उड्ने रहर त के भो र आकाश नै भुईँमा खसेपछि?



Credits
Writer(s): Kiran Palpasa
Lyrics powered by www.musixmatch.com

Link