Sailo

किरीमिरी जाले रुमाल दोबाटोमा खस्यो
किरीमिरी जाले रुमाल दोबाटोमा खस्यो
नक्कले, (नक्कलेले), नककलेले टिपिदियो अनि प्रेम बस्यो
साइँलो

खर काटेर बाटम्ला डोरी, चुँड्यो भने पिर छैन, गाँसम्ला
लाली जोबन साटौँला साइँलो, सँगै रोउँला, सँग सँगै हाँसौला

सँगै रोउँला, सँग सँगै हाँसौला

पिरतीमा सुर्के पर्यो रुमाल बोहनिले
पिरतीमा सुर्के पर्यो रुमाल बोहनिले
लौ न बाबै, (लौ न बाबै), लौ न बाबै मरेँ म त दन्ते मोहनिले
साइँली

खर काटेर बाटम्ला डोरी, चुँड्यो भने पिर छैन, गाँसम्ला
लाली जोबन साटौँला साइँली, सँगै रुम्ला, सँग सँगै हाँसौला

सँगै रुम्ला, सँग सँगै हाँसौला

पाखाबारी तोरी फुल्यो, गैराबारी बाँझै
पाखाबारी तोरी फुल्यो, गैराबारी बाँझै
तिमी मेरो, (तिमी मेरो), तिमी मेरो, म नि तिम्री वाचा गरेँ आजै, साइँलो

खर काटेर बाटम्ला डोरी, चुँड्यो भने पिर छैन, गाँसम्ला
लाली जोबन साटौँला साइँलो, सँगै रोउँला, सँग सँगै हाँसौला
लाली जोबन साटौँला साइँलो, सँगै रोउँला, सँग सँगै हाँसौला
सँगै रोउँला, सँग सँगै हाँसौला

भुरुरुरु मौरी उड्यो बस्यो फूलको बोटमा
भुरुरुरु मौरी उड्यो बस्यो फूलको बोटमा
मौरी जस्तै, (मौरी जस्तै), मौरी जस्तै अल्झेँ म त तिम्रो लाली ओठमा, साइँली

खर काटेर बाटम्ला डोरी, चुँड्यो भने पिर छैन, गाँसम्ला
लाली जोबन साटौँला साइँली, सँगै रुम्ला, सँग सँगै हाँसौला
लाली जोबन साटौँला साइँली, सँगै रुम्ला, सँग सँगै हाँसौला
सँगै रुम्ला, सँग सँगै हाँसौला

आजैबाट यो जिन्दगी दुई जनाकै साझा
आजैबाट यो जिन्दगी दुई जनाकै साझा
घरि घरी, (घरि घरी) घरि घरी नसताऊ न मेरो दिलको राजा, साइँलो

खर काटेर बाटौँला डोरी, चुँड्यो भने पिर छैन, गाँसम्ला
लाली जोबन साटौँला साइँलो, सँगै रोउँला, सँग सँगै हाँसौला
लाली जोबन साटौँला साइँलो, सँगै रोउँला, सँग सँगै हाँसौला
सँगै रोउँला, सँग सँगै हाँसौला

सान्नानीको लर्के जोबन ढल ढल ढल्क्यो
सान्नानीको लर्के जोबन ढल ढल ढल्क्यो
जता जता, (जता जता), जता जता जोबन ढल्क्यो, यो मन त्यतै पल्क्यो, साइँली

खर काटेर बाटौँला डोरी, चुँड्यो भने पिर छैन, गाँसम्ला
लाली जोबन साटौँला साइँली, सँगै रुम्ला, सँग सँगै हाँसौला
लाली जोबन साटौँला साइँली, सँगै रुम्ला, सँग सँगै हाँसौला
सँगै रुम्ला, सँग सँगै हाँसौला

लप्पन-छप्पन नजानेकी म त सोझी नानी
लप्पन-छप्पन नजानेकी म त सोझी नानी
तिमी जस्तो, (तिमी जस्तो), तिमी जस्तो जोडी पाउने कति भाग्यमानी, साइँलो

खर काटेर बाटौँला डोरी, चुँड्यो भने पिर छैन, गाँसम्ला
लाली जोबन साटौँला साइँलो, सँगै रोउँला, सँग सँगै हाँसौला
लाली जोबन साटौँला साइँलो, सँगै रोउँला, सँग सँगै हाँसौला
सँगै रोउँला, सँग सँगै हाँसौला

तिमीलाई मात्रै हेरिरहुँझैँ लाउँछ जति खेरै

जिन्दगीमा, (जिन्दगीमा), जिन्दगीमा कहिल्यै खुसी भइन यति धेरै, साइँली

खर काटेर बाटौँला डोरी, चुँड्यो भने पिर छैन, गाँसौला
लाली जोबन साटौँला साइँली, सँगै रुम्ला, सँग सँगै हाँसौला
लाली जोबन साटौँला साइँली, सँगै रुम्ला, सँग सँगै हाँसौला
सँगै रुम्ला, सँग सँगै हाँसौला

Credits
Lyrics powered by www.musixmatch.com

Link