Bhetna Hunna Kapi Kalam

भेट्न हुन्न कापी-कलम, तिम्रै नाम लेख्छु अचेल
भेट्न हुन्न कापी-कलम, तिम्रै नाम लेख्छु अचेल
पूर्णिमाको जूनमा पनि
पूर्णिमाको जूनमा पनि तिम्रै मुहार देख्छु अचेल
तिम्रै मुहार देख्छु अचेल
भेट्न हुन्न कापी-कलम, तिम्रै नाम लेख्छु अचेल

तिमीले दिएको माया मेरो जिउने साथी भो
तिमीले दिएको माया मेरो जिउने साथी भो
रमाउँछु तिम्रै यादमा
रमाउँछु तिम्रै यादमा, चिन्ता सबै थाती भो
चिन्ता सबै थाती भो

त्यसैले त सपनीमा तिम्लाई मात्र देख्छु अचेल

किन होला तिम्रो याद यति साह्रो आइरहने?
किन होला तिम्रो याद यति साह्रो आइरहने?
छिनछिनमा तिमीलाई
छिनछिनमा तिमीलाई देखूँ-देखूँ लाइरहने
देखूँ-देखूँ लाइरहने

बिहान खस्ने शीतमा पनि तिम्रै नाम लेख्छु अचेल
पूर्णिमाको जूनमा पनि
पूर्णिमाको जूनमा पनि तिम्रै मुहार देख्छु अचेल
तिम्रै मुहार देख्छु अचेल
भेट्न हुन्न कापी-कलम, तिम्रै नाम लेख्छु अचेल



Credits
Lyrics powered by www.musixmatch.com

Link