Marne Chalan Kasle Chalayo ?

न हाल केही बताउँछस् न भेट्न नै पठाउँछस्
कत्रो छ घर तेरो त्यसमा कति अटाउँछस्?

जिन्दगीमा सबै काम आफूले नै गर्नु पर्ने रे
मर्न भने काल तेरै खटनमा मर्नु पर्ने रे
जिन्दगीमा सबै काम आफूले नै गर्नु पर्ने रे
मर्न भने काल तेरै खटनमा मर्नु पर्ने रे
यो मर्ने चलन कसले चलायो? यो मर्ने चलन कसले चलायो?
यो मर्ने चलन कसले चलायो? यो मर्ने चलन कसले चलायो?

किन दिएको होला यस्तो मृत्युदण्डजस्तो सजायँ
मृत्युदण्डजस्तो सजायँ
किन दिएको होला यस्तो मृत्युदण्डजस्तो सजायँ
मृत्युदण्डजस्तो सजायँ
दैव तेरो कानुनमा दैव तेरो कानुनमा
छैन किन अरू उपाय, छैन किन अरू उपाय?
फुलेपछि झर्नै पर्ने रे, जन्मेपछि मर्नै पर्ने रे
नचाहे नि तैँले भनेको सबैसबै गर्नै पर्ने रे
यो मर्ने चलन कसले चलायो? यो मर्ने चलन कसले चलायो?

रोग दिन्छस्, भोक दिन्छस्, दुर्घटना दिन्छस् कहिले
दुर्घटना दिन्छस् कहिले
रोग दिन्छस्, भोक दिन्छस्, दुर्घटना दिन्छस् कहिले
दुर्घटना दिन्छस् कहिले
मार्नु नै थियो भने जीवन किन दिएको त पहिले?
मार्नु नै थियो भने जीवन किन दिएको त पहिले?
तेरो जालमा पर्नै पर्ने रे, जन्मेपछि मर्नै पर्ने रे
नचाहे नि तैँले भनेको सबैसबै गर्नै पर्ने रे
यो मर्ने चलन कसले चलायो? यो मर्ने चलन कसले चलायो?
यो मर्ने चलन कसले चलायो?
यो मर्ने चलन कसले चलायो?



Credits
Writer(s): Dr. Krishna Hari Baral
Lyrics powered by www.musixmatch.com

Link