Chautariko Bara

हराभरा डाँडैको चौतारी
म त उजाड नहुँदा दौँतरी
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

डाँडैको चौतारी, म त उजाड नहुँदा दौँतरी
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

यतै छु म, गाछैन लङ्कामा
किन बाँच्छौ रामजस्तै शङ्कामा?
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

गाछैन लङ्कामा, किन बाँच्छौ रामजस्तै शङ्कामा?
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

रूख हरियो हाँगामा पात हुँदा
म हरियो मायालु साथ हुँदा
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

हरियो पात हुँदा, म हरियो मायालु साथ हुँदा
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

म पीपलु, तिमी हौ वर मेरो
बनाउने हो त्यही दिलमा घर मेरो
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

तिमी हौ वर मेरो, बनाउने हो त्यही दिलमा घर मेरो
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

तिमी भाकाे ठाउँतिर घामपानी
एकैआखर भनिनौ जाम् पनि
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

ठाउँतिर घामपानी, एकैआखर भनिनौ जाम् पनि
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

देख्न हुरी नपरोस् चलेको
वर सुकेको, पीपलु ढलेको
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

नपरोस् चलेको, वर सुकेको, पीपलु ढलेको
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

तिमी जहाँ जान्छ्यौ त्यहीँ फूल फुल्छ
मेरो होइन, सबैको मन भुल्छ
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

जान्छ्यौ त्यहीँ फूल फुल्छ, मेरो होइन, सबैको मन भुल्छ
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

अन्त्य गर्न यो जिन्दगीलाई
निहुँ खोज्दैन माछाले पानीलाई
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

यो जिन्दगीलाई, निहुँ खोज्दैन माछाले पानीलाई
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

मैले देको माया कम थियो कि?
कोही-कसैले थपेर दियो कि?
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

माया कम थियो कि? कोही-कसैले थपेर दियो कि?
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?
चौतारीको वर पीपलुलाई भर
माया पर-पर, के रमाइलो छ र?

जूनले फूल सुकाउन्न कहिले नि
तिम्रो दिल दुखाउन्न मैले नि
चौतारीको वर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर

सुकाउन्न कहिले नि, तिम्रो दिल दुखाउन्न मैले नि
चौतारीको वर

चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर
चौतारीको वर पीपलुलाई भर
छैन पर-पर, मलाई माया गर



Credits
Writer(s): Basanta Thapa
Lyrics powered by www.musixmatch.com

Link