Dui Hat Milchhan Jaba

हे, हे

दुई हात मिल्छन् जब, बढ्दछ शक्ति हाम्रो
दुई ज्यान भएर के भो? एउटै छ मन हाम्रो
दुई हात मिल्छन् जब, बढ्दछ शक्ति हाम्रो
दुई ज्यान भएर के भो? एउटै छ मन हाम्रो

ला-ला-ला, ला-ला, ला-ला

पाइला जहाँ छ तेरो, त्यहीँ नै टेक्छु मैले
पाइला जहाँ छ तेरो, त्यहीँ नै टेक्छु मैले
दोमन कहाँ छ तेरो सबै भन्न सक्छु मैले

यी आँखा नै मेरा, तँभित्र नै मन मेरो
दुई ज्यानको एउटै हो प्राण

दुई हात मिल्छन् जब...

बाधा आए जीवनमा सँगै-सँगै लडौँला
बाधा आए जीवनमा सँगै-सँगै लडौँला
खुसी छाए साथमा आधी-आधी बाँडौँला

के भरोसा जीवनको, मरेपछि माटो हो
बाँचुन्जेल छुट्दैन साथ

दुई हात मिल्छन् जब, बढ्दछ शक्ति हाम्रो
दुई ज्यान भएर के भो? एउटै छ मन हाम्रो
दुई हात मिल्छन् जब...

ला-ला-ला, ला-ला, ला-ला
ओ-हो-हो, हो-हो, हो-हो
ला-ला-ला, ला-ला, ला-ला



Credits
Writer(s): Prem Bairagi, Shakti Ballav
Lyrics powered by www.musixmatch.com

Link