Lakhau Lakha Bich

लाखौँलाखबीच मन पर्ने तिमी, तिम्रै लागि त मन पागल यहाँ
यो हृदयभित्र तिम्रै छ चित्र, तिमी मात्रै देख्छु जहाँत्यहाँ
लाखौँलाखबीच मन पर्ने एक खोजेर मात्रै हुन्छ कहाँ?
को कसको हुने जन्मौँको बन्धन लेखिएको मात्रै हुन्छ यहाँ
लाखौँलाखबीच मन पर्ने एक

हो, जेसुकै भन तिम्रै नै हुँ म, तिमी नै मेरो साँझ-बिहानी
देखेकी छु मैले एउटै सपना, लेखेकी छु हाम्रै प्रीतको कहानी
हो, जोसँग हुन्छ जत्रो अँजुली, नदीले दिन्छ त्यति नै पानी
हर मान्छे देख्छ भिन्दै सपना, किन नहोस् एउटै निदाउने सिरानी

ओ, लाखौँलाखबीच मन पर्ने तिमी हौ

हो, सम्हाल मन, पागल नबन, नबनोस् कतै चाहना काँडा
भोलिको कुरा कसलाई के थाहा? को हुन्छ नजिक, को हुन्छ टाढा?
हो, जति नै हुन्छ मनमा पीडा, त्यति नै माया हुन्छ रे गाढा
तिमी पाए केही चाहिँदैन अरू, बिछ्याऊ हिँड्छु टेकेरै काँडा

लाखौँलाखबीच मन पर्ने एक



Credits
Writer(s): Laxman Shes
Lyrics powered by www.musixmatch.com

Link