Jhalko Ankhaima

तन दिएँ, मन दिएँ, झिकिदिएँ मुटु
ओ, तन दिएँ, मन दिएँ, झिकिदिएँ मुटु
त्यसैले त रोगी भएँ, खान्छ कुटुकुटु
झल्को आँखैमा

सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
ए मेरी मायालु
बिउँझाएर जान्छयौ किन आधीरातैमा?

मैले पनि तिम्लाई पाउन कति बसेँ ध्यान
हो, हो, मैले पनि तिम्लाई पाउन कति बसेँ ध्यान
जति ध्यान बसे पनि पाइन केही ज्ञान
झल्को आँखैमा

सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
ए मेरो हजुर
बिउँझाएर जान्छौ किन आधीरातैमा?

तिमीलाई देखेपछि यो मन हुन्छ नरम
ओइ-ओइ, तिमीलाई देखेपछि यो मन हुन्छ नरम
यस्तो कुरा गरिहाल्न पनि लाग्छ सरम
झल्को आँखैमा

सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
ए मेरी मायालु
बिउँझाएर जान्छयौ किन आधीरातैमा?

तिमी मेरो मनको राजा, म हुँ तिम्रै रानी
हो-हो-हो, तिमी मेरो मनको राजा, म हुँ तिम्रै रानी
भेटेपछि तिम्रो पनि जिस्किहाल्ने बानी
झल्को आँखैमा

सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
ए मेरो हजुर
बिउँझाएर जान्छौ किन आधीरातैमा?

१०० दुना २०० हुन्छ, ५०० दुना १०००
हो-हो-हो, १०० दुना २०० हुन्छ, ५०० दुना १०००
तिमी हिँड्ने बाटोतिरै डुल्छ मेरो नजर
झल्को आँखैमा

सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
ए मेरी मायालु
बिउँझाएर जान्छयौ किन आधीरातैमा?

तिम्री सानु तिमीबाहेक कसैकी नि हुन्ने
हो-हो-हो, तिम्री सानु तिमीबाहेक कसैकी नि हुन्ने
म पनि त तिमीबिना हुन्छु शून्य-शून्य
झल्को आँखैमा

सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
ए मेरो हजुर
बिउँझाएर जान्छौ किन आधीरातैमा?

मुनामदन, चखेवाको जोडीभन्दा राम्रो
ओ, मुनामदन, चखेवाको जोडीभन्दा राम्रो
टोल-टोलमा यस्तै चर्चा हुन्छ अरे हाम्रो
झल्को आँखैमा

सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
सपनीमा आउँछ्यौ, मलाई सताउँछ्यौ
बिउँझाएर जान्छयौ किन आधीरातैमा?
ए मेरी मायालु
बिउँझाएर जान्छयौ किन आधीरातैमा?

शिरमा लाइदेऊ सिन्दूर तिमी, हातमा लाइदेऊ चुरा
Mm-hm, शिरमा लाइदेऊ सिन्दूर तिमी, हातमा लाइदेऊ चुरा
जीवनभरि सुनाइराख यस्तै मीठा कुरा
झल्को आँखैमा

सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
सपनीमा आउँछौ, मलाई सताउँछौ
बिउँझाएर जान्छौ किन आधीरातैमा?
ए मेरो हजुर
बिउँझाएर जान्छौ किन आधीरातैमा?



Credits
Lyrics powered by www.musixmatch.com

Link