Ma Yasai Ramri

वर्षै दिनको तीज आयो, सबै बजार जानी
ए, वर्षै दिनको तीज आयो, सबै बजार जानी
म यसै राम्री छु, छैन डुल्ने बानी
के छ सँगी-साथी?

सबैले लाउँछन् निधारमा टिकिया
म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् निधारमा टिकिया
म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

जो हेरे नि राम्रा लाउनी, तीजै आयो फेरि
ए, जो हेरे नि राम्रा लाउनी, तीजै आयो फेरि
नक्कल-झक्कल नपारे नि झनै राम्री मेरी
होइन र, ओए, साथी?

सबैले लाउँछन् निधारमा टिकिया
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् निधारमा टिकिया
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

नक्कल पार्न जानिछैन भइसके नि ठूली
ए, नक्कल पार्न जानिछैन भइसके नि ठूली
न ओठमा लाली लाउँछु न त नाकमा फुली
के छ सँगी-साथी?

सबैले लाउँछन् कानैमा झुम्काना
म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् कानैमा झुम्काना
म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

हाँसीहाँसी हिन तिमी खुसी मनाएर
ए, हाँसीहाँसी हिन तिमी खुसी मनाएर
ईश्वरले नै पठाका छन् राम्री बनाएर
होइन र, ओए, साथी?

सबैले लाउँछन् कानैमा झुम्काना
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् कानैमा झुम्काना
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

हिन्न पनि जानेछैन धेरैको मन चोरी (चोरी)
ए, हिन्न पनि जानेछैन धेरैको मन चोरी
पाउडर-साउडर नलाए नि सबले भन्छन् "गोरी"
के छ सँगी-साथी?

सबैले लाउँछन् नाकैमा नथिया
म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् नाकैमा नथिया
म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

यस्तीसित माया गाँस्नी भाग्यमानी म नि (म नि)
ए, यस्तीसित माया गाँस्नी भाग्यमानी म नि
चन्द्रमाझैँ बलेकी छौ तिमी यसै पनि
हैन र, ओए, साथी?

सबैले लाउँछन् नाकैमा नथिया
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् नाकैमा नथिया
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

आफै राम्री छु भन्दा त अरूको मन रोला (रोला)
ए, आफै राम्री छु भन्दा त अरूको मन रोला
जे लाए नि सुहाउनी मलाई, के अचम्म होला?
के छ सँगी-साथी?

सबैले लाउँछन् शिरैमा शिरबन्दी
म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् शिरैमा शिरबन्दी
म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

तिमी छेउमा गयौ भने सबै लाखापाखा (पाखा)
ए, तिमी छेउमा गयौ भने सबै लाखापाखा
चट्ट कम्मर छिनेको छ, ठूलाठूला आँखा
हैन र, ओए, साथी?

सबैले लाउँछन् शिरैमा शिरबन्दी
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् शिरैमा शिरबन्दी
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

म नराम्री भएँ भने कहाँ गएर रुम्ला? (रुम्ला?)
ए, म नराम्री भएँ भने कहाँ गएर रुम्ला?
बैँसमा त राम्री छु म, पछि कस्ती हुम्ला?
के छ सँगी-साथी?

सबैले लाउँछन् ओठैमा लाली
म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् ओठैमा लाली
म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

पछि कस्ती हुम्ला भनी पिर मानैछौ काँको? (काँको?)
ए, पछि कस्ती हुम्ला भनी पिर मानैछौ काँको?
वर्णन गरी साध्य छैन तिम्रो सुन्दरताको
हैन र, ओए, साथी?

सबैले लाउँछन् ओठैमा लाली
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् ओठैमा लाली
तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती



Credits
Writer(s): Pashupati Sharma
Lyrics powered by www.musixmatch.com

Link