Kuri Kuri

Vote माग्दा चाहिँ मुसाजस्ता, जितेपछि हात्ती
वचन-सचन गोली मारे, हाम्लाई हाने लात्ती
देशमा शान्ति आउला भन्दा झन् झन् रुवाइदिए
कठै! सोझा जनतालाई त लोप्पा खुवाइदिए

हाम्रा नेतालाई (कुरी कुरी कुरी
हाम्रा नेतालाई (कुरी कुरी कुरी)
ए, हाम्रा नेतालाई कुरी कुरी कुरी
हाम्रा नेतालाई कुरी कुरी कुरी

कुरी कुरी, कुरी कुरी
कुरी, कुरी, कुरी, कुरी, कुरी, कुरी, कुरी, कुरी
बिगारे यो देश, हाम्रा नेताले बिगारे यो देश
बिगारे यो देश, हाम्रा नेताले बिगारे यो देश

पैसाको मुख देख्नै हुन्न, गर्छन् ल्याप्प ल्याप्प
हुनी कामलाई हुन्न भन्दै तीन, चार लाखै च्याप्प
देशको सेवा गर्छु भनी त्यत्रो कसम खानी
ए, टेबुलको मुन्तिरबाट हात छिराउनी बानी

भ्रष्टाचारीलाई (कुरी कुरी कुरी)
ए, भ्रष्टाचारीलाई (कुरी कुरी कुरी)
ए, भ्रष्टाचारीलाई कुरी कुरी कुरी
भ्रष्टाचारीलाई कुरी कुरी कुरी

कुरी कुरी, कुरी कुरी
कुरी, कुरी, कुरी, कुरी, कुरी, कुरी
बिगारे यो देश, भ्रष्टाचारीले बिगारे यो देश
बिगारे यो देश, भ्रष्टाचारीले बिगारे यो देश

हाम्रै बुद्धि छ भनेर कुरा गर्छन् ठूलो
देशमा सङ्कट पर्या बेला काँ पस्याछन् दुलो
हाम्रा देशका बुद्धिजीवीले केही मारेनन् माखो
ए, माखो मार्न नसक्नीलाई देखाइदिन्छु आँखो

बुद्धिजीवीलाई (कुरी कुरी कुरी)
ए, बुद्धिजीवीलाई (कुरी कुरी कुरी)
ए, बुद्धिजीवीलाई कुरी कुरी कुरी
बुद्धिजीवीलाई कुरी कुरी कुरी

कुरी कुरी, कुरी कुरी
कुरी, कुरी, कुरी, कुरी, कुरी, कुरी
सपारेनन् देश, बुद्धिजीवीले नि सापारेनन् देश
सपारेनन् देश, बुद्धिजीवीले नि सापारेनन् देश

हामी सोझा जनतालाई त जसले पनि किन्नी
हामी पनि पत्याएर गोली थाप्न हिँन्नी
केही होला कि भन्दा भन्दै गयो, बरै! जुनी
आखिरीमा पारे हाम्लाई ड्वाँ ड्वाँ रुनी

हामी आफैलाई (कुरी कुरी कुरी)
हामी आफैलाई (कुरी कुरी कुरी)
हामी आफैलाई कुरी कुरी कुरी
हामी आफैलाई कुरी कुरी कुरी

कुरी कुरी, कुरी कुरी
कुरी, कुरी, कुरी, कुरी, कुरी, कुरी
बिगारेम यो देश, हामी आफैले बिगारेम यो देश
बिगारेम यो देश, हामी आफैले बिगारेम यो देश, हुँहुँहुँहुँ



Credits
Lyrics powered by www.musixmatch.com

Link