Timro Yaad Aauda

तिम्रो याद आउँदा अचेल
तिम्रो याद आउँदा अचेल मनै कस्तो-कस्तो हुन्छ
हिउँचुलीमा पहिलो झुल्का घामले छोएजस्तो हुन्छ

तिम्रो याद आउँदा अचेल...

घुम्टो ओढी चियाएको केश फिँजाई लजाएको
हो, घुम्टो ओढी चियाएको केश फिँजाई लजाएको
सयौँ हिस्सी मुहारमा एकैपल्ट उदाएको
एकैपल्ट उदाएको

झझल्कोले छुँदा पनि रहर यस्तो भौँतारिन्छ
हिउँचुलीमा पहिलो झुल्का घामले छोएजस्तो हुन्छ
हिउँचुलीमा पहिलो झुल्का घामले छोएजस्तो हुन्छ
तिम्रो याद आउँदा अचेल...

ला-ला-ला-ला, ला, ला-ला-ला
ला-ला-ला-ला, ला, ला-ला-ला
Hmm

भेट्ने भनी कयौँ पल्ट नभेटेर झुक्याएको
हो, भेट्ने भनी कयौँ पल्ट नभेटेर झुक्याएको
अनि कहिले थाहै नदिई आँखा छोपी तर्साएको
आँखा छोपी तर्साएको

तिम्रो कुरा चल्दा पनि अतीत यस्तो बल्झिदिन्छ
हिउँचुलीमा पहिलो झुल्का घामले छोएजस्तो हुन्छ
हिउँचुलीमा पहिलो झुल्का घामले छोएजस्तो हुन्छ

तिम्रो याद आउँदा अचेल मनै कस्तो-कस्तो हुन्छ
हिउँचुलीमा पहिलो झुल्का घामले छोएजस्तो हुन्छ
हिउँचुलीमा पहिलो झुल्का घामले छोएजस्तो हुन्छ
तिम्रो याद आउँदा अचेल...

Credits
Writer(s): Raman Ghimire
Lyrics powered by www.musixmatch.com

Link