Timrai Lagi Ho

तिम्रै लागि हो

संसार नै त्यागीदिन्छु म तिम्रो लागि
जीवन बिताइदिन्छु म तिम्लाई नै मागी
आँखा नियाली हेर यो सपना. सपना.
मुटु छामी हेर यो धड्कन
सारा यो जीवन मेरो
तिम्रै लागि हो
तिम्रै लागि हो
तिम्रै लागि हो
तिम्रै लागि हो

तिम्रो मुस्कानले मेरो मन मुस्कुरायो
तिम्रो त्यो आभाषले मेरो जीवन रमायो
सपनाको सागरमा यो मन हरायो
तिमीलाई देखेपछि खुशी फेरी ब्युँझियो

बादल संगै उडेर बस्छु
हावा सँगै गुनगुनाई बस्छु हो ओ ओ
बुझिदेऊ है यो माया लाई किनकि
मेरो यो सारा माया तिम्रै लागि हो
आँसु सबै पिएर हँसाउन म सकुँ
आँफै मरेर तिम्लाई बचाउन म सकुँ
आँखा नियाली हेर यो सपना सपना
मुटु छामी हेर यो धड्कन
सारा यो जीवन मेरो
तिम्रै लागि हो
तिम्रै लागि हो
तिम्रै लागि हो
तिम्रै लागि हो

लट्ठी टेक्दा सम्म हामी साथ रहौँ
दु:ख होस् या सुख सँगै काट्ने छौ
जीवनका तितामिठा यादहरु
सम्हाली राख्ने छौ
जीवनका तितामिठा यादहरु
सम्हाली राख्ने छौ
तिमी आइदेऊ अनि छाइदेऊ
मुस्कुराईदेऊ अनि भनिदेऊ
तिमी मेरै लागि हौ
म त तिम्रै लागि हो
तिमी मेरै लागि हौ
म त तिम्रै लागि हो

संसार नै त्यागीदिन्छु म तिम्रो लागि
जीवन बिताइदिन्छु म तिम्लाई नै मागी
आँखा नियाली हेर यो सपना सपना
मुटु छामी हेर यो धड्कन
सारा यो जीवन मेरो

तिम्रै लागि हो



Credits
Writer(s): Bipin Adhikari
Lyrics powered by www.musixmatch.com

Link