Yestai Nai Ho

खुशी छु म तिमी नहुँदा जसोतसो सम्हालिएर
भुलाउँदै छु म तिम्रो मीठो सपना बगाएर आँसुमा

प्रश्नहरू मनमा कति हो कति
उत्तर खोज्ने प्रयास गरिरहेको यो मेरो मन
अल्झिरहेको यो मेरो मन

दुःखलाई आँसुमा बगाएर म नयाँ जीवन बिताउँदै छु
भुलाएर तिम्रो त्यो मुस्कान आफै फेरि मुस्कुराउँदै छु

छाडी जानु नै लेखेको रैछ भाग्यमा
के गर्छौ अब?
यस्तै नै हो
यस्तै नै हो

प्रश्नहरू मनमा कति हो कति
उत्तर खोज्ने प्रयास गरिरहेको यो मेरो मन
अल्झिरहेको यो मेरो मन
गरिरहेको यो मेरो मन
अल्झिरहेको यो मेरो मन



Credits
Writer(s): Sushant Gautam
Lyrics powered by www.musixmatch.com

Link