Jhamke Saajh

झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?

किन, माया, गरेको अबेला?

कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी

खोज्दाखोज्दै भइहाल्यो अँधेरी

हेर्दाहेर्दै साँझबत्ती बालिसके गाउँमा, है
मेरो जून देखिएन सधैँ आउने ठाउँमा

झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
किन, माया, गरेको अबेला?

जुठो लिप्ने मझेरीमा गाईको गोबरैले, है
झट्ट हिँड्न डर लाग्छ दाइको स्वभावैले

कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
खोज्दाखोज्दै भइहाल्यो अँधेरी

बरको डाली हल्लिएछ, चरी बासै बस्यो, है
बल्ल मेरो आँगनीमा ध्रुवतारा खस्यो

झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
किन, माया, गरेको अबेला?

तिमीले दिएको पाउजु पनि देखाउनु छ आज, है
छम्माछम्मा नाच्ने हो नि नमानेरै लाज

कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
खोज्दाखोज्दै भइहाल्यो अँधेरी

मिठोमिठो बास्ना छ, सेलरोटी पाक्यो, है
कति राम्री देखिएकी, झट्ट आँखा लाग्यो

झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
किन, माया, गरेको अबेला?

बोलीवचन चिनी जस्तै, माया पिरोपिरो, है
तिमी मेरो हजारमा थपिएको zero

कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
खोज्दाखोज्दै भइहाल्यो अँधेरी

तिमीसँग टाँसिएर बस्न पाए हुनी, है
यसो कुरा बुझे पनि हुन्थ्यो नि, बैगुनी

झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
किन, माया, गरेको अबेला?

भुइँमा चिसो लाग्ला, माया, नजिकै सर न, है
मेरो छेउमा कोही छैन, खाली ठाउँ भर न

कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
खोज्दाखोज्दै भइहाल्यो अँधेरी

लालटिनको उजेलोमा नबस न माया, है
सबैका ती लोभी नजर गर्छन् दायाँबायाँ

झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
किन, माया, गरेको अबेला?

कालो टीका लगाएर हिँडेकी घरबाट, है
तिमीबाहेक नजर लाउने कसको छ र आँट?

कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
खोज्दाखोज्दै भइहाल्यो अँधेरी

तल्लो बाटो कोही छैन, घर सँगै जानी, है
धेरै भयो तिर्खा लाको, खाको छैन पानी

झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
झम्केझम्के साँझैको बेला किन, माया, गरेको अबेला?
किन, माया, गरेको अबेला?

सुकिसक्यो खोली, राजै, हिउँदोको घामैले, है
जरुवाको पानी नखाऊ भन्थिन् नि आमैले

कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
कता राखेँ खै कुन्नि पछ्यौरी, खोज्दाखोज्दै भइहाल्यो अँधेरी
खोज्दाखोज्दै भइहाल्यो अँधेरी

Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link