Paisa

पैसा, पैसा
पैसा भन्ने चिजै कस्तो?

पैसा, पैसा, पैसा, पैसा, पैसा
पैसा, पैसा, पैसा, पैसा, पैसा

पैसा भन्ने चिजै कस्तो सबको मन लोभ्याउने?
सानादेखि ठूलासम्म सबैलाई पछि लगाउने
जे गरे नि, जे परे नि "पैसा, पैसा" भन्छन् सबै

मरिलानु के नै छ र? छोडिजाने हो नि सबै
हो, मरिलानु के नै छ र? छोडिजाने हो नि सबै

पैसा भन्ने चिजै कस्तो?

जन्मिँदा नि एक्लै आयौँ, मर्दा पनि एक्लै

हो, जन्मिँदा नि एक्लै आयौँ, मर्दा पनि एक्लै
जति धन थुपारे नि, हो
जति धन थुपारे नि लाने होइन मर्दा सँगै
लाने होइन मर्दा सँगै

करोडपति भए पनि भोलि छाडी जानै पर्छ
मर्ने दिन थाहा भए किन दुःख गर्नुपर्छ
हो, मर्ने दिन थाहा भए किन दुःख गर्नुपर्छ

पैसा भन्ने चिजै कस्तो?

म त भन्छु, "दिल खोलेर हाँसीखुसी बाँच्नुपर्छ"

हो, म त भन्छु, "दिल खोलेर हाँसीखुसी बाँच्नुपर्छ"
दीनदुखीलाई सकेजति, हो
"दीनदुखीलाई सकेजति दान-धर्म गर्नुपर्छ"
दान-धर्म गर्नुपर्छ

मै हुँ भन्ने मान्छेलाई नि भोलि आखिर मर्नै पर्छ
पैसा ठूलो होइन, हजुर, सन्तोष हाम्ले लिनुपर्छ
हो, पैसा ठूलो होइन, हजुर, सन्तोष हाम्ले लिनुपर्छ

पैसा, पैसा, पैसा, पैसा, पैसा
पैसा भन्ने चिज कस्तो?



Credits
Writer(s): D.r. Atu
Lyrics powered by www.musixmatch.com

Link