Kami Daiko Chhoro

सानोसानो घर छ मेरो रुद्रपुरको गाउँमा
'गोरे बाबु' भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा
नामले पाको, कामले पाको 'कामी दाइको छोरो'
ए, नलाम् माया, नखाम् कसम, मनै मेरो मोरो, साइँली

ए साइँली, मसँगै जान्छौ र? मैले छोको खान्छौ र?
ए साइँली, मसँगै जान्छौ र? मैले छोको खान्छौ र?

किन यति बुझ्नी भर अबुझकी बन्छौ?
ओइलिएको फूल हुँ म त, शिर सजाउँछु भन्छ्यौ
धर्ती-आकाश भेट भएको देख्याछौ र कहिल्यै?
ए, पूर्वै घामलाई हत्केलाले छेक्याछौ र कहिल्यै? साइँली

ए साइँली, मसँगै रुन्छ्यौ र? मसँगै हाँस्छ्यौ र?
ए साइँली, मसँगै रुन्छ्यौ र? मसँगै हाँस्छ्यौ र?

अन्धो समाज, अन्धो रित फेर्नी होला केरी?
भोलि हामीलाई अफ्ठेरोले घेर्नी होला फेरि
तिम्रो मया, मेरो मया हुन सक्छ घटी
ए, रुँदैरुँदै बाँच्नुभन्दा बरु यसै जाति, साइँली

ए साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?
ओ साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?

ए साइँली, मसँगै जान्छौ र? मैले छोको खान्छौ र?
ए साइँली, मसँगै रुन्छ्यौ र? मसँगै हाँस्छ्यौ र?
ओ साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?
ओ साइँली, मसँगै जिउँछ्यौ र? मसँगै मर्छ्यौ र?



Credits
Writer(s): Anish Dawadi
Lyrics powered by www.musixmatch.com

Link