Ma Chhu Aaja Rod Ma

मार्देऊ बरु मलाई, जिउन पुगिसक्यो
यो फाटेको मनलाई बारबार सिउन पुगिसक्यो
मार्देऊ बरु मलाई, जिउन पुगिसक्यो
यो फाटेको मनलाई बारबार सिउन पुगिसक्यो

आज ल्याई छोड्यौ मलाई कुन मोडमा?

म छु आज रोडमा, तिमी करोडमा
म छु आज रोडमा, तिमी करोडमा

म हाँस्दाहाँस्दै रोएको कहिल्यै देख्यौ र?
आँसुले सिरानी धोएको कहिल्यै देख्यौ र?
म हाँस्दाहाँस्दै रोएको, आँसुले सिरानी धोएको
म पागलजस्तै भएको कहिल्यै देख्यौ र?

आज छोडी गयौ मलाई यो चोटमा

म छु आज रोडमा, तिमी करोडमा
म छु आज रोडमा, तिमी करोडमा

पहिले मीठा बात गऱ्यौ, पछि आफै घात गऱ्यौ
अब के नै बाँकी रह्यो? तिम्ले अन्तै नाता जोड्यौ
पहिले मीठा बात गऱ्यौ, पछि आफै घात गऱ्यौ
अब के नै बाँकी रह्यो? तिम्ले अन्तै नाता जोड्यौ

आज तड्पिरहेछु म बिछोडमा

म छु आज रोडमा, तिमी करोडमा
म छु आज रोडमा, तिमी करोडमा



Credits
Writer(s): Bishal Niraula
Lyrics powered by www.musixmatch.com

Link