Dil Diyera Galti Gariyo

तिम्लाई चिन्न सकिन, माया किन्न सकिन
तिम्लाई चिनेर पनि एक्लै हिन्न सकिन
तिम्लाई चिन्न सकिन, माया किन्न सकिन
तिम्लाई चिनेर पनि एक्लै हिन्न सकिन

मायाको खातिर दुनियाँसँग व्यर्थै लडियो

दिल दिएर गल्ती गरियो
हाँ, दिल दिएर गल्ती गरियो

उसको लागि रुँदै थिएँ जो अरूसँग हाँस्दै थियो
यता मुटु चुँडाएर ऊ अन्तैतिर गाँस्दै थियो
उसको लागि रुँदै थिएँ जो अरूसँग हाँस्दै थियो
यता मुटु चुँडाएर ऊ अन्तैतिर गाँस्दै थियो

आज सबैको नजरबाट तलै झरियो

दिल दिएर गल्ती गरियो
हाँ, दिल दिएर गल्ती गरियो

आफ्नो भन्ने मान्छेबाटै आज नसोचेको घात भयो
हाँसीखुसी जीवन थियो, आखिर आज कालो रात भयो
आफ्नो भन्ने मान्छेबाटै आज नसोचेको घात भयो
हाँसीखुसी जीवन थियो, आखिर आज कालो रात भयो

मेरो बर्बादीमा कसैको झोली भरियो

दिल दिएर गल्ती गरियो
हाँ, दिल दिएर गल्ती गरियो



Credits
Writer(s): Bishal Niraula
Lyrics powered by www.musixmatch.com

Link