Ke Nai Chha Ra Paunu

चैत मासको खडेरीले सुकाउँदा पात
घामै घाममा काम गर्दा डढे होलान् हात
शीतल दिन आउँला, प्यारी, शीतल दिन आउँला

सके कमाई ल्याउँला, प्यारी, बाँचे फर्की आउँला
अनि सुख पाउँला, प्यारी, अनि सुख पाउँला
अनि सुख पाउँला, प्यारी, अनि सुख पाउँला

बरु गाउँमै बसौँ, प्यारा, दुखै भा नि जति
यतै बसम भनेकै हो मान्नु भएन कति

छिट्टै फर्की आउनु, प्यारा, छिट्टै फर्की आउनु
जीवनभरि दुःख गरी दुई छाक टार्नै गाह्रो
के नै छ र पाउनु? प्यारा, के नै छ र पाउनु?
के नै छ र पाउनु? प्यारा, के नै छ र पाउनु?

रुझ्दै काम कति गर्छ्यौ पानी पर्दा खेरी
थाकी सक्यौ होला, प्यारी, मेरै बाटो हेरी
ओत दिन आउँला, प्यारी, ओत दिन आउँला

सके कमाई ल्याउँला, प्यारी, बाँचे फर्की आउँला
अनि सुख पाउँला, प्यारी, अनि सुख पाउँला
अनि सुख पाउँला, प्यारी, अनि सुख पाउँला

मनले चाहाको पुग्थ्यो, प्यारा, भए आफ्नै देशमा
हजुर साथमा हुनुहुन्न, दुःख लाग्छ त्यसमा

छिट्टै फर्की आउनु, प्यारा, छिट्टै फर्की आउनु
जीवनभरि दुःख गरी दुई छाक टार्नै गाह्रो
के नै छ र पाउनु? प्यारा, के नै छ र पाउनु?
के नै छ र पाउनु? प्यारा, के नै छ र पाउनु?

केवल तिमीलाई सम्झिएर बस्छु मन जलाई
आराम गर्न पाकी छैन्यौ, थाहा छ, प्यारी, मलाई
हात दिन आउँला, प्यारी, साथ दिन आउँला

सके कमाई ल्याउँला, प्यारी, बाँचे फर्की आउँला
अनि सुख पाउँला, प्यारी, अनि सुख पाउँला
अनि सुख पाउँला, प्यारी, अनि सुख पाउँला

मुटु खान्छ गाउँघरले सोध्दा कहिले आउँछ?
दायाँबायाँ कतै पनि नहिँडौझैँ लाउँछ
छिट्टै फर्की आउनु, प्यारा, छिट्टै फर्की आउनु



Credits
Lyrics powered by www.musixmatch.com

Link