Malai Angali Deu

मलाई अँगालिदेऊ तिम्रो न्यानो अँगालोमा
जहाँ धेरै सपना सजीव जिउँदछ
अनि बेग्लै आनन्द पनि
जहाँ सबै उज्यालो अनि प्रस्ट छ
दुनियाँले नमाने पनि

मलाइ डुबाइदेऊ तिम्रो गहिरो माया तालमा
जहाँ जिन्दगीभरि रहिरहन पाऊँ
एकअर्काको खुसी बनी
जहाँ अफसोस नहोस्, धोका नहोस्
जति बाधा आए पनि

सोच्नै सक्दिन म तिमीबिनाको जीवन
छुनै सक्दिन म तिमीबिना त्यो गगन
तिमी नै हौ सहयात्री
तिमी नै हौ जिन्दगी
तिमी नै हौ सर्वोपरि

मलाई अँगालिदेऊ तिम्रो न्यानो अँगालोमा
जहाँ धेरै सपना सजीव जिउँदछ
अनि बेग्लै आनन्द पनि
जहाँ सबै उज्यालो अनि प्रस्ट छ
दुनियाँले नमाने पनि

ना-ना-ना, ना-ना, ना-ना, ना, ना
ना-ना-ना, ना-ना, ना, ना
ना-ना-ना, ना-ना, ना-ना, ना, ना
ना-ना-ना, ना-ना, ना, ना



Credits
Writer(s): Sabin Rai
Lyrics powered by www.musixmatch.com

Link