Phulchha Phul

फुल्छ फूल ऊ, हाँगाले नै राम्रो
फुल्छ फूल ऊ, हाँगाले नै राम्रो
घोच्छ तर पनि काँडाले नै राम्रो
फुल्छ फूल ऊ, हाँगाले नै राम्रो
घोच्छ तर पनि काँडाले नै राम्रो

आँखाबाट बग्छ समुन्द्र तर पनि हाँस्नैपर्ने, हो-हो, हाँस्नैपर्ने
मनको घाउ, पीडाहरू सहेर नि बाँच्नैपर्ने, हो-हो, बाँच्नैपर्ने
आँखाबाट बग्छ समुन्द्र तर पनि हाँस्नैपर्ने, हो-हो, हाँस्नैपर्ने
मनको घाउ, पीडाहरू सहेर नि बाँच्नैपर्ने, हो, बाँच्नैपर्ने

जिन्दगीको पहाड मेरो डाँडाले नै राम्रो
घोच्छ तर पनि काँडाले नै राम्रो

क्षितिजबाट चियाउँदौ जूनले सधैँभरि जिस्क्याइरहन्छ, हो-हो, जिस्क्याइरहन्छ
हेर्छु म, हेर्दाहेर्दै त्यो बादलभित्रै अस्ताई जान्छ, हो-हो, अस्ताई जान्छ
क्षितिजबाट चियाउँदौ जूनले सधैँभरि जिस्क्याइरहन्छ, हो-हो, जिस्क्याइरहन्छ
हेर्छु म, हेर्दाहेर्दै त्यो बादलभित्रै अस्ताई जान्छ, हो-हो, अस्ताई जान्छ

नजिकै छैन जून त्यो, टाढाले नै राम्रो
घोच्छ तर पनि काँडाले नै राम्रो

फुल्छ फूल ऊ, हाँगाले नै राम्रो
घोच्छ तर पनि काँडा ले नै राम्रो
घोच्छ तर पनि काँडाले नै राम्रो



Credits
Lyrics powered by www.musixmatch.com

Link