Amako Pau

म त आमाको पाउ ढोगेर आएँ
म त सपनाको भारी बोकेर आएँ
हो, म त आमाको पाउ ढोगेर आएँ
सपनाको भारी बोकेर आएँ

नजानु भन्दै थिइन् रुँदै मेरी उनी
हो, नजानु भन्दै थिइन् रुँदै मेरी उनी
म त प्रियाको आँसु पोखेर आएँ
म त आमाको पाउ ढोगेर आएँ

प्रदेश सोचे जस्तो हुन्न रैछ, आमा
आफ्नो गाउँ, ठाउँ जस्तो हुन्न रैछ यहाँ
प्रदेश सोचे जस्तो हुन्न रैछ, आमा
आफ्नो गाउँ, ठाउँ जस्तो हुन्न रैछ यहाँ

हुरी चल्दा उड्ने, झरी पर्दा ढल्ने
हुरी चल्दा उड्ने, झरी पर्दा ढल्ने
म त झुपडीको जीवन भोगेर आएँ

छट्पटीँदै एक्लै यहाँ कति रात काटेँ
सपनीमा प्रियासँगै दुःख-सुख बाडेँ
छट्पटीँदै एक्लै यहाँ कति रात काटेँ
सपनीमा प्रियासँगै दुःख-सुख बाडेँ

ऋण खोजी आएँ, रित्तै फर्किन्छु कि
ऋण खोजी आएँ, रित्तै फर्किन्छु कि
म त भाग्यलाई आँसुसँग जोखेर आएँ
म त भाग्यलाई आँसुसँग जोखेर आएँ

नजानु भन्दै थिइन् रुँदै मेरी उनी
हो, नजानु भन्दै थिइन् रुँदै मेरी उनी
म त प्रियाको आँसु पोखेर आएँ
म त आमाको पाउ ढोगेर आएँ



Credits
Writer(s): Babul Giri
Lyrics powered by www.musixmatch.com

Link