Oye Kanchhi

ओई कान्छी तिम्लाई मैले पिरती दिनै बाँकी छ
ओई कान्छा तिम्लाई मैले पिरती दिनै बाँकी छ

जिस्किएर तिमीसँग हिँड्नै बाँकी छ
एकअर्काको मन पेट चिन्नै बाँकी छ
ओई कान्छी तिम्लाई मैले पिरती दिनै बाँकी छ
लजाउँदै मस्किएर बोल्नै बाँकी छ
अझै पनि मनका कुरा खोल्नै बाँकी छ
ओई कान्छा तिम्लाई मैले पिरती दिनै बाँकी छ
ओई कान्छी तिम्लाई मैले पिरती दिनै बाँकी छ

सिरिरी फिरिरी हावा देउरालीमा डाँडैमा
त्यो मनमा माया छ भने आउ बस आडैमा

रायोको साग मुलाको चाना तरकारी पकाम्ला
माने त माया ठिकै थियो नी नमाने फकाम्ला
घरबाट भागी लुकी र चोरी म माया लाउँथिन
नमान्या भए म तिम्लाई भेट्न मरेनी आउँथिन

जिस्किएर तिमीसँग हिँड्नै बाँकी छ
एकअर्काको मन पेट चिन्नै बाँकी छ
ओई कान्छी तिम्लाई मैले पिरती दिनै बाँकी छ
लजाउँदै मस्किएर बोल्नै बाँकी छ
अझै पनि मनका कुरा खोल्नै बाँकी छ
ओई कान्छा तिम्लाई मैले पिरती दिनै बाँकी छ
ओई कान्छी तिम्लाई मैले पिरती दिनै बाँकी छ

सिरिरि फिरिरी हावा देउरालीमा डाँडैमा
त्यो मनमा माया छ भने आउ बस आडैमा

खोलिमा ढुङ्गो ढुङ्गोमा लेऊ माछिले खाँएन
अलि कर गरी छेउमा टासिन आँट कहिलै आएन
को छ र अर्को यो मुटु भित्र सियोझै गडेको

यो सग्लो ज्यान तिम्रै त हो नी क्या हतार गरेको
जिस्किएर तिमीसँग हिँड्नै बाँकी छ
एकअर्काको मन पेट चिन्नै बाँकी छ
ओई कान्छी तिमीलाई मैले पिरती दिनै बाँकी छ

लजाउँदै मस्किएर बोल्नै बाँकी छ
अझै पनि मनको कुरा खोल्नै बाँकी छ
ओई कान्छा तिम्लाई मैले पिरती दिनै बाँकी छ
ओई कान्छी तिम्लाई मैले पिरती दिनै बाँकी छ
सिरिरी फिरिरी हावा देउरालीमा डाँडैमा
त्यो मनमा माया छ भने आउ बस आडैमा



Credits
Lyrics powered by www.musixmatch.com

Link