Mirtyu Kaha

मृत्यु कहाँ, कसरी हुन्छ, देखिएको हुन्न
निधारमा देखिने गरी लेखिएको हुन्न
के घमन्ड गर्नु, एकदिन मरेर जानु छ हामी
उस्तै हो चिता, उस्तै हो कात्रो, उस्तै हुन्छन् मलामी
उस्तै हो चिता, उस्तै हो कात्रो, उस्तै हुन्छन् मलामी

को ठूलो यहाँ? को सानो यहाँ? कसको मुरी, कसको मानो?
को ठूलो यहाँ? को सानो यहाँ? कसको मुरी, कसको मानो?
यहाँ कसको झुपडी त, यहाँ कसको सुनको छानो
यहाँ कसको झुपडी त, यहाँ कसको सुनको छानो

जन्मै लेखेको आयु पत्र च्यातिएको हुन्न
भाग्यमा जे छ, त्यही हुन्छ आखिर, मेटिएको हुन्न

यो जात यहाँ, यो धर्म यहाँ आखिर केको लागि, साथी?
यो जात यहाँ, यो धर्म यहाँ आखिर केको लागि, साथी?
एउटै हुन्छ जाने बाटो, हुँदैन दैव पक्षपाती
एउटै हुन्छ जाने बाटो, हुँदैन दैव पक्षपाती

दैवसँग टाढा भए नि, छेकिएको हुन्न
जो बास उठ्यो धर्तीबाट, भेटिएको हुन्न



Credits
Lyrics powered by www.musixmatch.com

Link