Narunu Hai

नरुनू है म मरेको खबर पायौ भने पनि
नरुनू है म मरेको खबर पायौ भने पनि
म निदाइसकेको हुन्छु
हो, म निदाइसकेको हुन्छु तिमी आयौ भने पनि
नरुनू है म मरेको खबर पायौ भने पनि

तिम्ले जित्यौ, मैले हारेँ, तिम्रै खुशी मेरो हो खुशी
हो, तिम्ले जित्यौ, मैले हारेँ, तिम्रै खुशी मेरो हो खुशी
धर्तीबाट बसाइँ सरेँ, हो, तिम्रै खुशी मेरो खुशी
धर्तीबाट बसाइँ सरेँ, ओ, तिम्रै खुशी मेरो हो खुशी

नरुनू है म मरेको खबर पायौ भने पनि

चोखो मायाप्रीति लाउने भाग्य कहाँ छ र मेरो?
हो, चोखो मायाप्रीति लाउने भाग्य कहाँ छ र मेरो?
तिम्रो जस्तो माया पाउने, हो, भाग्य कहाँ छ र मेरो?
तिम्रो जस्तो माया पाउने, हो, भाग्य कहाँ छ र मेरो?

तिम्रा सबै दुःखपीडा सजाइदिनू चितामाथि
तिम्रा सबै दुःखपीडा सजाइदिनू चितामाथि
एक थुँगा फूल चढाइदिनू
ओ, एकै थुँगा फूल चढाइदिनू लजाएर चितामाथि
नरुनू है म मरेको खबर पायौ भने पनि



Credits
Lyrics powered by www.musixmatch.com

Link