Aama (आमा)

जन्म दियौ तिमीले
धन्य मैले तिमीलाई पाएँ
ममता बर्साइ जब हाँस्यौ
ममता बर्साइ जब हाँस्यौ
अनि पो त जीवन पाएँ
अनि पो त जीवन पाएँ

तिम्रै सासको सुरको
तिम्रै सासको सुरको
तिम्रै ढुकढुकीको तालको
पहिलो संगीत सुनेर
पहिलो संगीत सुनेर
जब म निदाएँ
अनि पो त जीवन पाएँ
अनि पो त जीवन पाएँ

लक्ष्य पछ्याउदै थाकेको म
मोहको तापले पाकेको म
जिम्मेवारीको भारी बिसाउदै
जिम्मेवारीको भारी बिसाउदै
जब काखमा तिम्रो सुस्ताएं
अनि पो त जीवन पाएँ
अनि पो त जीवन पाएँ
अनि पो त जीवन पाएँ



Credits
Writer(s): Ranjan Pokhrel
Lyrics powered by www.musixmatch.com

Link