Pokhida Haaso Fulko

पोखिँदा हाँसो फुलको आँगनमा
पोखिँदा हाँसो फुलको आँगनमा
अंग अंग नाचिदिन्छ
उमङ्ग झल्किदिदा मनमा

स्वप्निल रातभरी शीत मुस्कुराँउछ
यो दिल वरिपरि प्रीत उदाँउछ
जुनेली जिस्की रमाईदिन्छ
परेली झिम्की लजाइदिन्छ
उमङ्ग झल्किदिदा मनमा

जिन्दगीमा घाम - छाँया दुवै निको लाग्छ
यो धर्तीमा उनकै माया झनै मिठो लाग्छ
गुराँस भै म फुली दिन्छु
सुवास भै म डुली दिन्छु
उमङ्ग झल्किदिदा मनमा

पोखिँदा हाँसो फुलको आँगनमा
पोखिँदा हाँसो फुलको आँगनमा
अंग अंग नाचिदिन्छ
उमङ्ग झल्किदिदा मनमा



Credits
Writer(s): Subani Moktan
Lyrics powered by www.musixmatch.com

Link