Kutu Kutu Aawaj Aayo

ओ, माया, कुटु कुटु

ओ, माया, कुटु कुटु

कुटु कुटु आवाज आयो, मकै खायो त्यो कालो घुनले

भागी भागी नहिँड सानु, भागी भागी नहिँड सानु
तानी तानी, तानी ल्याउँछु मायाको गुनले
तानी ल्याउँछु मायाको गुनले, तानी ल्याउँछु मायाको गुनले

च्वास्स, पिरो अचार मिठो, स्वाद दियो त्यो ढिके नुनले

दिलभित्र गहिरिँदै घाउ गयो, दिलभित्र गहिरिँदै घाउ गयो
के के, हो, के के, के हुन्छ खै मायाको गुनले?
के हुन्छ खै मायाको गुनले? के हुन्छ खै मायाको गुनले?

उडी गयो यो मनको चरी फन्को मारी त्यो ज्यानको दिलैमा
लेखिराख मायाको मूल्य, तिरिदिउँला हेरेर बिलैमा
माया जोख्ने तराजु छैन, के लेख्नु खै यो मूल्य बिलैमा
मौरी बनी उडेर आउनु, च्वास्सै डस्नु यो मेरो दिलैमा

कुटु कुटु आवाज आयो, मकै खायो त्यो कालो घुनले
च्वास्स, पिरो अचार मिठो, स्वाद दियो त्यो ढिके नुनले
दिलभित्र गहिरिँदै घाउ गयो, दिलभित्र गहिरिँदै घाउ गयो
के के, हो, के के, के हुन्छ खै मायाको गुनले?
के हुन्छ खै मायाको गुनले? के हुन्छ खै मायाको गुनले?

ख्यालकी राम्री रैनछ्यौ मायालु, घुम्टो खोल्यो त्यो पापी जूनले
राम्री माथि झन् राम्री देखिन्छ्यौ, सजाइदिउँला नम्बरी सुनले
घिन्ताङ घिन्ताङ मादलु बज्यो, लठ्ठै पार्यो बाँसुरी धुनले
जति राम्रो देखिए पनि के गर्नु खै नम्बरी सुनले

कुटु कुटु आवाज आयो, मकै खायो त्यो कालो घुनले
कुटु कुटु आवाज आयो, मकै खायो त्यो कालो घुनले
भागी भागी नहिँड सानु, भागी भागी नहिँड सानु
तानी, तानी, तानी ल्याउँछु मायाको गुनले
तानी ल्याउँछु मायाको गुनले, तानी ल्याउँछु मायाको गुनले

च्वास्स, पिरो अचार मिठो, स्वाद दियो त्यो ढिके नुनले
च्वास्स, पिरो अचार मिठो, स्वाद दियो त्यो ढिके नुनले
दिलभित्र गहिरिँदै घाउ गयो, दिलभित्र गहिरिँदै घाउ गयो
के के, हो, के के, के हुन्छ खै मायाको गुनले?
के हुन्छ खै मायाको गुनले? के हुन्छ खै मायाको गुनले?

तानी ल्याउँछु मायाको गुनले
के हुन्छ खै मायाको गुनले?

Credits
Lyrics powered by www.musixmatch.com

Link