Chahidaina Timro Maya

पुग्यो, अब पुग्यो, मलाई चाहिँदैन तिम्रो माया
दुख्यो, यो मन दुख्यो, तिम्ले गर्यौ धेरै दायाँबायाँ

रोएँ कति रात, जोडेँ कति हात, गर्यौ तिम्ले विश्वासघात
लायौ मलाई बात, अनि छोड्यौ साथ, भएँ म त आज बर्बाद

तिमीसँग जीवन कटाउने मेरो सपना थियो
मलाई तिम्रो दिलबाट हटाउने तिम्रो चाह भयो

खुशी खोज्दा पीडाहरू झन् भइदिए सामेल
खेल्यौ तिम्ले खेल, रच्यौ जालझेल, भएँ आज आँसुको भेल

पुग्यो, अब पुग्यो, मलाई चाहिँदैन तिम्रो माया
दुख्यो, यो मन दुख्यो, तिम्ले गर्यौ धेरै दायाँबायाँ

तिम्रो-मेरो सम्बन्ध बचाउनलाई कैयौँ कोशिश गरेँ
बदलामा आफ्नै नजरबाट आज आफै झरेँ

आज आएर मेरो माया त तिम्रो लागि भयो पागलपन
चोटमाथि चोट तिम्ले थप्यौ झन्, टुटिसक्यो मेरो मन

पुग्यो, अब पुग्यो, मलाई चाहिँदैन तिम्रो माया
दुख्यो, यो मन दुख्यो, तिम्ले गर्यौ धेरै दायाँबायाँ

पुग्यो, अब पुग्यो, मलाई चाहिँदैन तिम्रो माया
दुख्यो, यो मन दुख्यो, तिम्ले गर्यौ धेरै दायाँबायाँ
रोएँ कति रात, जोडेँ कति हात, गर्यौ तिम्ले विश्वासघात
लायौ मलाई बात, अनि छोड्यौ साथ, भएँ म त आज बर्बाद
पुग्यो, पुग्यो, अब पुग्यो

Credits
Lyrics powered by www.musixmatch.com

Link