Malai Maitai Sukha Chha (Original Motion Picture Soundtrack)

हे, पारिपाखा पहेँलै छ, तिल फुल्यो कि तोरी?
तिल होस् कि तोरी होस्, के मतलब?

हे, पारिपाखा पहेँलै छ, तिल फुल्यो कि तोरी?
काली, काली भन्थे तर रैछौ माया गोरी
ए, तिम्रै बोली सुन्नी हो

आज रातैभरी मायाप्रीति बुन्नी हो, तिम्रै बोली सुन्नी हो
अँ, सुनौला
हे, आज रातैभरी मायाप्रीति बुन्नी हो, तिम्रै बोली सुन्नी हो
आज रातैभरी मायाप्रीति बुन्नी हो, तिम्रै बोली सुन्नी हो

हे, बाले मकै रोप भन्थे, आमा भन्थिन् तोरी
हे, बाले मकै रोप भन्थे, आमा भन्थिन् तोरी
पैतालामा पैजन बाँधी हिँडे कपाल कोरी
हे, सरिमैले मार्छौ की

नचिनेको मायाले अप्ठ्यारोमा पार्छौ की, सरिमैले मार्छौ कि
ए, नचिनेको मायाले अप्ठ्यारोमा पार्छौ की, सरिमैले मार्छौ कि
नचिनेको मायाले अप्ठ्यारोमा पार्छौ की, सरिमैले मार्छौ कि

हे, घरैमुनि खरबारी छ, आँगनैमा धारो
धाक हेर न, धाक
हे, घरैमुनि खरबारी छ, आँगनैमा धारो
माया गर्ने म छँदै छु, केलाई मान्छौ गाह्रो?
ए, मुख पुछौली गम्छाले

हिँड हाम्रो घर, खुदो खाउली चम्चाले, मुख पुछौली गम्छाले
हे, हिँड हाम्रो घर, खुदो खाउली चम्चाले, मुख पुछौली गम्छाले
हिँड हाम्रो घर, खुदो खाउली चम्चाले, मुख पुछौली गम्छाले

हे, चाँदीका ती जोर जोर बाला, सुन पिटेर फुली
हे, चाँदीका ती जोर जोर बाला, सुन पिटेर फुली
काम गर्दिनँ माइती घरमा, खान्छु डुली डुली
ए, मलाई माइतै सुख छ

जान्न तिम्रो घर, उखु पेल्न दुःख छ, मलाई माइतै सुख छ
हे, जान्न तिम्रो घर, उखु पेल्न दुःख छ, मलाई माइतै सुख छ
जान्न तिम्रो घर, उखु पेल्न दुःख छ, मलाई माइतै सुख छ

हे, हो कि जस्तो पनि गर्छौ, हैन जस्तो पनि
ए, हो र?
क्या हो? हो कि जस्तो पनि गर्छौ, हैन जस्तो पनि
तिम्रो चालामाला देख्दा छक्कै परेँ म नि
हे, जसो पनि जानेकी

कालीगण्डकीले वारिपारि हानेकी, जसो पनि जानेकी
हे, कालीगण्डकीले वारिपारि हानेकी, जसो पनि जानेकी
कालीगण्डकीले वारिपारि हानेकी, जसो पनि जानेकी

हे, बाटो छेकी जाल बुन्ने माकुराको चाल
बुझ्यौ माकुरा?
Hmm, बाटो छेकी जाल बुन्ने माकुराको चाल
पोहोरसम्म सोझी थिएँ, बुझेँ यसै साल
ए, बाँच्नै छैन कलिमा

यति नजाने त, सुन, आज भोलिमा, बाँच्नै छैन कलिमा
हे, यति नजाने त, सुन, आज भोलिमा, बाँच्नै छैन कलिमा
यति नजाने त, सुन, आज भोलिमा, बाँच्नै छैन कलिमा

हे, कालीगण्डकीले वारिपारि हानेकी, जसो पनि जानेकी
यति नजाने त, सुन, आज भोलिमा, बाँच्नै छैन कलिमा
हे, कालीगण्डकीले वारिपारि हानेकी, जसो पनि जानेकी
यति नजाने त, सुन, आज भोलिमा, बाँच्नै छैन कलिमा
यति नजाने त, सुन, आज भोलिमा, बाँच्नै छैन कलिमा



Credits
Lyrics powered by www.musixmatch.com

Link