Samjhana

सुखी हुन्छ जिन्दगी हाँसो, ठट्टा रमझममै
दिनको भेटले प्यास मेटिन्न, रात बित्छ सम्झनामै

हो, सुखी हुन्छ जिन्दगी हाँसो, ठट्टा रमझममै

सुखी हुन्छ जिन्दगी

तिम्रो घरको सँघार टेक्दा, बज्दा पञ्चेबाजाहरु

कस्ता होलान् भन्देऊ प्यारा रङ्गीन ती साँझहरु

तिमीसँगै बितोस् जुनी गरी मिठा बातहरु
रमाउँदै हिँड्न पाउँ समाई तिम्रा हातहरू
रमाउँदै हिँड्न पाउँ समाई तिम्रा हातहरू

सुखी हुन्छ जिन्दगी, हुँ-हुँ-हुँ

हुरी, बतास, बाढी, पहिरो आए पनि जिन्दगीमा

चट्टान बनी साथ दिन्छु राखी जीवन बन्धकीमा

तिम्ले बोल्ने अमृत वचन, त्यसैमाथि मिठो माया
कल्पनामै रमाउँदै हरपल देख्छु तिम्रै छायाँ
कल्पनामै रमाउँदै हरपल देख्छु तिम्रै छायाँ

सुखी हुन्छ जिन्दगी हाँसो, ठट्टा रमझममै
दिनको भेटले प्यास मेटिन्न, रात बित्छ सम्झनामै

हो, सुखी हुन्छ जिन्दगी हाँसो, ठट्टा रमझममै
दिनको भेटले प्यास मेटिन्न, रात बित्छ सम्झनामै
दिनको भेटले प्यास मेटिन्न, रात बित्छ सम्झनामै

सुखी हुन्छ जिन्दगी•••

Credits
Lyrics powered by www.musixmatch.com

Link