Joon Hau Timi

जून हौ तिमी, शीतल, शीतल
फूल हौ तिमी, कोमल, कोमल
जून हौ तिमी, शीतल, शीतल
फूल हौ तिमी, कोमल, कोमल
मलाई जून नभनिदेऊ, त्यो त सधैँ टाढा बस्छ
मलाई फूल नभनिदेऊ, त्यो पनि त ओइली झर्छ

के भनूँ तिमीलाई?
के भनूँ तिमीलाई? तिमी आफै भनिदेऊ
बरु मलाई प्रियसी भनिदेऊ
जूनजस्तो टाढा होइन, सधैँ नजिक बस्न चाहन्छु
फूलजस्तो झर्न होइन, म त खुशी छर्न चाहन्छु

तस्वीर तिम्रो मुटुमा उतारूँ
तस्वीर तिम्रो मुटुमा उतारूँ बनाई छातीभित्र घर
तिमीलाई चाहूँ, तिमीलाई हेरूँ लागिरहन्छ हरप्रहर
तिमीलाई मनैले महसुस गर्न सक्छु म
हृदयको तिम्रो बात सुन्न पनि सक्छु म

पानी हौ झरनाको कञ्चन, कञ्चन
नानी हौ आँखाको निर्मल, निर्मल
मलाई पानी नभनिदेऊ, त्यो त कहाँ बगी जान्छ
मलाई नानी भनिदेऊ, त्यहाँ पनि त आँसु हुन्छ

के भनूँ तिमीलाई?
के भनूँ तिमीलाई? तिमी आफै भनिदेऊ
बरु मलाई मायालु भनिदेऊ
पानी जस्तो बग्न होइन, सँगसँगै जम्न चाहन्छु
नानी छेउको आँसु होइन, तिम्रो खुशी बन्न चाहन्छु

प्रियसी हौ तिमी मेरी, तिमी मेरो प्रियतम
मायालु हौ तिमी मेरी, बनिरहूँ हर जनम
प्रियसी हौ तिमी मेरी, तिमी मेरो प्रियतम
मायालु हौ तिमी मेरी, बनिरहूँ हर जनम



Credits
Lyrics powered by www.musixmatch.com

Link