Yo Bichhod Ho Ki Maya

जति टाढा हुन्छौ तिमी, उति नजिक हुन्छु
तिमी सँगसँगै जिउने, मर्ने, राजै, सपना म बुन्छु

यो घाम हो कि छायाँ हो? यो बिछोड हो कि माया हो?
यो बिछोड हो कि माया हो?

जति टाढा हुन्छौ तिमी, उति नजिक हुन्छु
तिमी सँगसँगै जिउने, मर्ने, राजै, सपना म बुन्छु

यो घाम हो, नछायाँ हो, यो बिछोड होइन, माया हो
यो बिछोड होइन, माया हो

सपनीमा आयौ तिमी मेरो यो जिन्दगीमा
मनमुटु छोडी गयौ मलाई, राजै, तिम्ले बन्धकीमा

यो घाम हो कि छायाँ हो? यो बिछोड हो कि माया हो?
यो बिछोड हो कि माया हो?

सपनीका कुरा छाड, बिपनीमा डाँक
जुनीजुनी तिम्रै हुन्छु म त, राजै, मुटुभित्रै राख

यो घाम हो, नछायाँ हो, यो बिछोड होइन, माया हो
यो बिछोड होइन, माया हो

मुनालाई चिन्ता सधैँ लाग्छ मदनको
कसले गर्यो पिरसुर्ता, भन्देऊ, राजै, मेरो वदनको

यो घाम हो कि छायाँ हो? यो बिछोड हो कि माया हो?
यो बिछोड हो कि माया हो?

मदनको जस्तो माया कसले गर्यो, भन
यो मुटुलाई ढुङ्गा देख्ने, तिम्रो, राजै, पापी रैछ मन

यो घाम हो, नछायाँ हो, यो बिछोड होइन, माया हो
यो बिछोड होइन, माया हो



Credits
Lyrics powered by www.musixmatch.com

Link