Sunko Thalma

मानिस ठूलो मनले हुन्छ, धनले गनिन्न
सानो र ठूलो भाग्यको रेखा गर्भमै कोरिन्न

सुनको थालमा चारै गाँस
सुनको थालमा चारै गाँस सुनै खाए पनि
आखिर त्यही मान्छे त हो दूधले धोए पनि
चाहे जसलाई धनले रेट, तिमीलाई नै दुख्छ
चाहे जसलाई धनले रेट, तिमीलाई नै दुख्छ
बिर्सनेलाई लाख सलाम, सम्झिदिए पुग्छ
सलाम, सम्झिदिए पुग्छ
सुनको थालमा चारै गाँस...

धनले जोख्ने माया कस्तो? गुनले भर्ने कस्तो?
धनमा होइन, मनमा हुन्छ माया सोचेजस्तो
Hmm, धनले जोख्ने माया कस्तो? गुनले भर्ने कस्तो?
धनमा होइन, मनमा हुन्छ माया सोचेजस्तो
त्यही मनको भारी मलाई हीरामोती लाग्छ
त्यही मनको भारी मलाई हीरामोती लाग्छ
बिर्सनेलाई लाख सलाम, सम्झिदिए पुग्छ
सलाम, सम्झिदिए पुग्छ

सुनको थालमा चारै गाँस सुनै खाए पनि
आखिर त्यही मान्छे त हो दूधले धोए पनि
चाहे जसलाई धनले रेट, तिमीलाई नै दुख्छ
बिर्सनेलाई लाख सलाम, सम्झिदिए पुग्छ
सलाम, सम्झिदिए पुग्छ
सुनको थालमा चारै गाँस...

धनी मर्छन् धनको पीरले, गरिब मनको ऋणले
सय दिनको हिसाबकिताब लिन्छ एउटै दिनले
हो, धनी मर्छन् धनको पीरले, गरिब मनको ऋणले
सय दिनको हिसाबकिताब लिन्छ एउटै दिनले
जो अरूलाई टेकूँ भन्छ, उसकै शिर झुक्छ
जो अरूलाई टेकूँ भन्छ, उसकै शिर झुक्छ
बिर्सनेलाई लाख सलाम, सम्झिदिए पुग्छ
सलाम, सम्झिदिए पुग्छ

सुनको थालमा चारै गाँस सुन नै खाए पनि
आखिर त्यही मान्छे त हो दूधले धोए पनि
चाहे जसलाई धनले रेट, तिमीलाई नै दुख्छ
चाहे जसलाई धनले रेट, तिमीलाई नै दुख्छ
बिर्सनेलाई लाख सलाम, सम्झिदिए पुग्छ
सलाम, सम्झिदिए पुग्छ

सम्झिदिए पुग्छ
सलाम, सम्झिदिए पुग्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link