Mildaina Ra

मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?

छाती दिएँ बिउ उमार्न, मुटु दिएँ जरा गाड्न

जब फुल्यौ, हावा चल्यो, भाँचिदियो हाँगाबिँगा

भनेकै थिएँ "ढल्न दिन्नँ" तिमीले पिरचिन्ता लिँदा

मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?

मलाई रुवाई भमरालाई बोलाएछौ रस लिन

मलाई रुवाई भमरालाई बोलाएछौ रस लिन
कोही देखिनँ तिम्रो साथ ओइलिएर झर्ने दिन

मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?
छाती दिएँ बिउ उमार्न, मुटु दिएँ जरा गाड्न

मिल्दैन र फूलको बोटले यो धुलोलाई माया गर्न?

Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link