Tasvir 3 Khoji Rahanchhu

मैले जूनसँग मागेँ, मैले तारासँग मागेँ
तिमीलाई आफ्नो बनाउन सारासँग मागेँ
मैले जूनसँग मागेँ, मैले तारासँग मागेँ
तिमीलाई आफ्नो बनाउन सारासँग मागेँ
तिमीलाई सधैँ मागेँ, तिम्रो हुन चाहेँ
तिमीलाई सधैँ मागेँ, तिम्रो हुन चाहेँ

खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई

कहिले बादलले छेक्यो, कहिले बर्सातले रोक्यो
खोजिरहेँ अँधेरीमा
कहिले बादलले छेक्यो, कहिले बर्सातले रोक्यो
खोजिरहेँ अँधेरीमा

जूनले पनि कहाँ देख्यो र, कहाँ देख्यो?

मैले धर्तीसँग मागेँ, मैले आकाशसँग मागेँ
तिमीलाई छोई हिँड्ने बताससँग मागेँ
तिमीलाई सधैँ मागेँ, तिम्रो हुन चाहेँ
तिमीलाई सधैँ मागेँ, तिम्रो हुन चाहेँ

(खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई)
(खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई)

एउटा सपना थियो, मनमा तिमी आउनेछौ
आँगनमा फेरि रङ्ग भरी
एउटा सपना थियो, मनमा तिमी आउनेछौ
आँगनमा फेरि रङ्ग भरी

उस्तै फुल्नेछौ यो जीवनमा, यो जीवनमा

मैले काँडासँग मागेँ, फूलको थुँगासँग मागेँ
देउता सम्झी बगरको ढुङ्गासँग मागेँ
तिमीलाई सधैँ मागेँ, तिम्रो हुन चाहेँ
तिमीलाई सधैँ मागेँ, तिम्रो हुन चाहेँ

खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई

खोजिरहन्छु, खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई
खोजिरहन्छु, खोजिरहन्छु तिम्लाई



Credits
Writer(s): Avishek Nagarkoti, Kamal Khatri
Lyrics powered by www.musixmatch.com

Link